प्रमुख पदमा महिलाको सङ्ख्या निर्धारण गरिनुपर्नेमा जोड

तु खबर संवाददाता
२०७४ फाल्गुन २४, बिहीबार २०:२६

पोखरा, २४ फागुन । अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा प्रेस क्लब पोखराद्वारा आज यहाँ आयोजित ‘प्रदेशसभामा नारीको भूमिका’ विषयको अन्तरक्रियामा वक्ताले महिलाका प्राप्त अधिकारलाई व्यवहारमा कार्यान्वयन गराउन लाग्नुपर्नेमा जोड दिनुभएको छ ।

कार्यक्रममा प्रदेश नं ४ का उपसभामुख सिर्जना शर्माले विगतमा राजनीतिक क्षेत्रका साथै समाजका अन्य विभिन्न क्षेत्रमा महिला र पुरुषबीच विभेद रहेका अवस्थामा महिला अधिकार सम्पन्न हुँदै गएको बताउनुभयो ।

नेपाली काँग्रेसकी नेत्री तथा प्रदेशसभा सदस्य मनकुमारी गुरुङले राणा प्रधानमन्त्री चन्द्रशम्शेरकै समयमा नेपाली महिलालाई अधिकार प्राप्त गराउन दिव्या कोइरालाले तिनलाई संगठित गराउनुभएको स्मरण गर्दै राजनीतिक तह वा निकायका प्रमुख पदमा नै महिलाको स्पष्ट संख्या निर्धारण गरिनुपर्नेमा जोड दिनुभयो ।

नेकपा ९एमाले०की नेत्री एवं प्रदेशसभा सदस्य प्रभा कोइरालाले महिलाई आर्थिक रुपमा समृद्ध बनाउन तिनको क्षमता अभिवृद्धिका साथै योग्यताका आधारमा रोजगारीको सुनिश्चितता गर्नुपर्ने बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*