समाचार

हामीमाथि प्रहरीले दुर्व्यवहार गर्यो–स्थानीय, बाटो छेकेपछि सामान्य छलफलमात्र भएको हो –एसपी

मकवानपुर, १३ फागुन । मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा रहेको मजुवा खानीलाई विभिन्न माग राखी बन्द गर्दै आएको मजुवा संघर्ष समितिका सचिव इन्द्रजीत देवकोटाले प्रहरीले बिनाकारण आफुहरुलाई दुर्व्यवहार गरेको आरोप लगाएका छन् । आईतबार मजुवा नजिकैको गाउँमा एसपी विकासराज खनालको कमाण्डमा आएका प्रहरीको टोलीले गाउँमा आइपुग्ने बित्तिकै ‘सबैलाई समातेर भ्यानमा हाल’...

प्रदेश नम्बर ३ को प्रदेशसभा बैठकमा प्रदेशसभा नियमावली मस्यौदा पेश, सोमबार पूनः बैठक बस्ने

मकवानपुर, १३ फागुन । प्रदेश नम्बर ३ को प्रदेशसभा सचिवालय हेटौँडामा आईतबार बसेको बैठकमा ‘३ नम्बर प्रदेशको प्रदेशसभा नियमावली २०७४’  को मस्यौदा पेश भएको छ । माघ २८ गते प्रदेशसभा बैठकले बनाएको ११ सदस्यीय मस्यौदा समितिका सभापति राजेन्द्रप्रसाद पाण्डेले मस्यौदा प्रतिवेदन प्रतिवेदन पेश गरेका हुन् । मस्यौदा प्रतिवेदन पेश...

फुजेल घटनाका जाहेरवालालाई अदालतमा झिकाउन आदेश

चितवन, १३ फागुन । गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्यासम्बन्धी मुद्दाको जाहेरवाला नुरप्रसाद अधिकारीलाई अदालतमा झिकाउन आज जिल्ला अदालत चितवनले आदेश जारी गरेको छ । जिल्ला अदालतका मुख्य न्यायाधीश कुलप्रसाद शर्माले अधिकारीलाई झिकाउन आदेश दिनुभएको हो । जाहेरवाला नुरप्रसाद कृष्णप्रसादका दाजु हुनुहुन्छ । अदालतका स्रेस्तेदार गेहेन्द्र पन्तका अनुसार जाहेरवाला नुरप्रसादलाई...

पाँच जिल्लामा टेलिफोन सेवा अबरुद्ध

भक्तपुर, १३ फागुन । भक्तपुर र बबरमहलमा अप्टिकल फाइबरको लाइन काटिएपछि पाँच जिल्लामा सञ्चार सम्पर्क विच्छेद भएको छ । भक्तपुरको राधेराधेस्थित हनुमन्ते खोला र काठमाडौँको बबरमहलमा पुल निर्माणका क्रममा अप्टिकल फाइबरको लाइन काटिएपछि शुक्रबार साँझदेखि टेलिफोन र आज बिहान १० बजेदेखि मोबाइल सेवा अवरुद्ध भएको छ । नेपाल टेलिकम...

तामाङ बने सफल व्यावसायिक माछापालक

तुलसीपुर, दाङ, १३ फागुन । लमही नगरपालिका वडा नं ५ टिकुलीगढका अम्मरबहादुर तामाङ व्यावसायिक माछापालन गरेर एक सफल व्यावसायिक माछापालक बन्नुभएको छ । उहाँले हाल आठ बिघा जग्गामा आठ वटा पोखरी निर्माण गरी माछापालन गरिरहनुभएको छ । अहिले बिहानैदेखि उहाँको घरमा माछा लिन आउनेको भीड लाग्ने गरेको देखिन्छ ।...

दुई वर्षमा पनि बनेन १,२०० मिटर नहर

भीमदत्तनगर, १३ फागुन । नेपाल–भारत एकीकृत महाकाली सन्धि भएको २२ वर्ष बितिसक्दा पनि सन्धिअनुसार भारतले बनाउनुपर्ने एक हजार २०० मिटर नहर निर्माणमा कुनै चासो देखाएको छैन । कञ्चनपुरको भीमदत्तनगरपालिका–९ स्थित नेपालको सीमाक्षेत्रमा पर्ने मटेनासम्म एक हजार २०० मिटर लामो पुल नहर निर्माणको काम भारतले गर्नुपर्ने सन् १९९६ को एकीकृत...

बलेवा विमानस्थल चैत दोस्रो सातादेखि सञ्चालनमा आउँदै

बागलुङ, १३ फागुन । बन्द भएको २६ वर्षपछि बागलुङ नगरपालिका–१४ स्थित बलेवा विमानस्थल सञ्चालनको तयारीमा छ । आउँदो चैत दोस्रो साताभित्र उडान शुरु गर्ने गरी विमानस्थलको प्राविधिक र व्यवस्थापकीय कामलाई तीव्र पारिएको छ । नागरिक उड्डयन प्राधिकरणले गरेको प्राविधिक अध्ययन प्रतिवदेनको सुझाव अनुसार काम भइरहेको हो । सोमबार प्राधिकरणको...

सदरमुकाममा भयो खानेपानीको अभाव

हुम्ला, १३ फागुन । सदरमुकाम सिमकोटमा पानी नपर्दा र हिमपात नहुँदा पानीका मूल सुकेको छ । खानेपानीका चार ट्यांकीमा पाँच हजार लि जम्मा नभएको र भएको पानी बजार र गाउँबस्तीका ४५० घरधुरीलाई दिएपछि पानीको अभाव भएको छ । उपभोक्ता समितिका सचिव राजु रोकायका अनुसार सिमकोट – ४ बुराउसे, ठाडा...

अप्राकृतिक मैथुन गरेको आरोपमा पक्राउ

बर्दिवास, १३ फागुन । महोत्तरी जिल्लाको बर्दिवासमा एक जना अप्राकृतिक मैथुन गरेको आरोपमा आज पक्राउ परेका छन् । बर्दिवास नगरपालिका–१ का करीब ४० वर्षीय अच्युतम रिसाललाई जिल्लाकै गौशाला नपाको लक्ष्मीनियाँका ११ वर्षीय बालकमाथि यौनजन्य अप्राकृतिक क्रियाकलाप गरेको आरोपमा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको हो । बर्दिवास नगरपालिकाको...

पुर्कोटको विकासमा स्थानीयवासीले देखाए चासो

फलेवास पर्वत, १३ फागुन । जिल्लाका करिब दुईदर्जन ऐतिहासिक कोटको सर्वत्र चासो भइरहेका बेला लामो समयदेखि छायाँमा परेको फलेवास– ३ स्थित पुर्कोटको संरक्षणका लागि स्थानीयवासीले चासो देखाएका छन् । समुद्र सतहबाट करिब एक हजार ९०० मिटरको उचाइमा पर्ने ऐतिहासिक महत्वको यो ठाउँ क्षेत्रफलका हिसाबले जिल्लाका अन्य कोटभन्दा धेरै ठूलो छ ...