सिरिया अत्याचारमाथि कविता

तु खबर संवाददाता
२०७४ फाल्गुन २४, बिहीबार २०:११

काठमाडौँ, २४ फागुन । स्वतन्त्रता, समानतालगायत महिलाको मानवाधिकारका पक्षमा र महिलामाथि हुने भेदभाव र अत्याचारविरुद्ध आज यहाँ कविता, मुक्तक, गीत र गजल वाचन गरी ६५औँ शान्ति काव्य प्रवाह सम्पन्न भएको छ ।

अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा मानवाधिकार तथा शान्ति समाजद्वारा आज आयोजित कार्यक्रममा सिरियामा महिला र बालबालिकामाथि भइरहेको अत्याचार र शक्ति राष्ट्रको ज्यादतीविरुद्धसमेत कविता वाचन गरिएको थियो ।

सो अवसरमा कवि रामबहादुर पहाडी, ओमप्रसाद कोइराला, ज्ञानुवाकर पौडेल, डा बमबहादुर जिताली, मुकुन्द न्यौपाने, रत्ननिधि शुक्राचार्य, कृष्ण कँडेल, रामेश्वरी पन्त, कृष्ण पहाडी, प्र्रीति कौर, ललिता दोषी, लक्ष्मी एडी, कौशिला रिसाल, दुर्गा वनवासी, अञ्जु विष्ट, रश्मि रिमाल, सानु शर्मा, डा जीवन अधिकारी, बाबुराम लामिछाने, त्रिभुवनचन्द्र वाग्ले, जसध्वज गुरुङ, विजयध्वज थापा, भुवन शिवाकोटी, गगनदीप सर्व, जनार्दन अधिकारी, रुद्र अधिकारी, ओजस्वी गौतम, प्रमोद स्नेहीलगायतले रचना वाचन गर्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*