सारथीको आयोजनामा नेतृत्व विकास कार्यक्रम
मकवानपुर २३ फागुन । मकवानपुरको हेटौंडा १८ हर्नामाणीमा रहेको गोरक्षेस्वर माध्यामिक विद्यालयमा आज बुधबार सामुदायिक सारथीको आयोजना तथा इक्वेल एक्सेस नेपालको सहयोगमा विद्यालय स्तरीय लघुनाटक तथा संवाद कार्यक्रम सम्पन्न भएको छ । अन्तराष्ट्रिय महिला दिवसको अवसर पारि आयोजिना गरीएको कार्यक्रममा विध्यालयका विद्यार्थीहरुको क्षमता अभिबृद्धि तथा नेतृत्व विकासका लागि विभिन्न कार्यक्रम तथा अन्र्तक्रिया समेत गरीएकोे थियो ।
महिला सशक्तिकरण र लैङ्गिक समानताका निम्ति पैरवी अभियान अन्र्तगत सहि हो भन्ने मुल नाराको साथ मुलुकको विभिन्न स्थानहरु धुलिखेल, नवलपरासी, हुदैं मकवानपुरको हर्नामाणीमा रहेको गोरक्षेस्वर माविमा कार्यक्रमको आयोजना गरी विध्यार्थीहरुको नेतृत्व विकासका लागि कार्यक्रमको आयोजना गरीएको सारथीका कार्यकारी निर्देशक तारा बहादुर भण्डारीले जानकारी दिए ।
कार्यक्रममा विद्यालयका विद्यार्थीहरुले महिला सशक्तिकरण सम्बन्धी नाटक समेत प्रस्तुत गरेका थिए । साथै कार्यक्रमा नेपालको वर्तमान अवस्थामा महिलाको अवस्था ,सामाजिक सहभागिता, र महिलाहरुको चुनौतिको बारेमा चर्चा गरीएको थियो ।
कार्यक्रममा बोल्दै हेटौंडा उपमहानगरपालिका वडा नम्वर १८ का अध्यक्ष एवं कार्यक्रमका प्रमुख अतिथि अनिलकुमार बाँनियाले मकवानपुरमा पनि यस्ता कार्यक्रमहरुको आयोजना गरी मकवानपुरे बालबालिकाहरुको नृतृत्व विकासका लागि सहयोग पुर्याएको प्रति खुशी व्यक्त गरे ।
सामुदायिक सारथीका कार्यकारी निर्देशक भण्डारीको सभाध्यक्षतामा भएको कार्यक्रममा सामुदायिक सारथीकै कार्यक्रम अधिकृत निर्मल आर्चाय , विध्यालयका प्रधानअध्यापक योगराज नारायण खतिवडा, साथै इक्वेल एक्सेस नेपालका प्रतिनिधिहरुको उपस्तिथि रहेको थियो ।
