विप्लव नेतृत्वको नेकपाले माग्यो हेटौँडाका मेयरको राजिनामा, राजिनामा नदिए कारवाही गर्ने चेतावनी

तु खबर संवाददाता
२०७४ फाल्गुन २०, आईतवार २१:२४

मकवानपुर, २० फागुन । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट जनपरिषद् नेपाल मकवानपुरले हेटौँडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतको राजीनामाको माग गरेको छ ।

आइतबार नेपाल कम्युनिष्ट पार्टी मकवानपुरका इन्चार्ज विरबहादुर घलान ‘ज्वाला’ मार्फत जनपरिषद् नेपालले मेयर महतको राजिनामा माग गर्दै महतलाईलाई राजीनामा माग पत्र समेत थमाएको बताइएको छ ।

महत हेटौँडा उपमहानगरपालिकाको मेयरमा निर्वाचित भएर आएदेखिनै उनले भ्रष्टाचार, कमिशनखोर र दलालहरुको संरक्षण गर्ने गरेको भन्दै उनको राजीनामा माग गरिएको नेकपा मकवानपुरका इन्चार्ज ज्वालाले बताएका छन् । जनतालाई शान्ति सुरक्षा र सुख दिनु पर्ने जिम्मेवारी बोकेका मेयर महतले जनतालाई सास्ती दिएर दलालहरुको संरक्षण गरिरहेको ज्वालाको आरोप छ । दलालको संरक्षण गरेकै कारण उनको राजिनामा माग गरिएको बताइएको छ ।

मेयर महतले जनताको सेवाको लागि काम गर्नु साटो जनतालाई दुःख मात्रै दिइरहेको उनले ज्वालाले दाबी गरेका छन् । मेयर महतले तत्काल राजीनामा दिए मात्रै नगरवासी जनताको भलो हुने इन्चार्ज ज्वालाको भनाई छ । राजीनामा माग पत्रमा उल्लेख भए अनुसार, महतले राजीनामा नदिएमा उनलाई जनकारवाहीको चेतावनी समेत दिइएको छ ।

हालका जनप्रतिनिधिहरुले राजीनामा दिएपछि नेकपाले छुट्टै जनसत्ता निर्माण गर्ने विज्ञप्तीमा उल्लेख गरिएको छ । पार्टीले देशभर नै यो अभियानलाई निरन्तरता दिइरहेको इन्चार्ज ज्वालाले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*