हेटौँडाको जिएस चोकबाट एक युवक पक्राउ

तु खबर संवाददाता
२०७४ फाल्गुन २१, सोमबार १६:४८

मकवानपुर, २१ फागुन । मकवानपुर प्रहरीले हेटौँडाको जिएस चोकबाट एक युवकलाई पक्राउ गरेको छ । आज बिहान साढे ७ बजेको समयमा हेटौँडा–४ जिएस चोकमा शंकास्पद रुपमा बसिरहेको अवस्थामा बकैया गाउँपालिका वडा नम्बर ५ छतिवनका २३ वर्षीय लक्ष्मण घलानलाई प्रहरीले पक्राउ गरेको हो ।

वडा प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले शरिर खानतलासी गर्दा जिन्सको पाईन्टको खल्तीमा नियन्त्रित लागुऔषध नाईट्रोभेट फेला परेपछि उनलाई पक्राउ गरेको हो । उनको साथबाट ९३ वटा पत्तामा ४५ ट्याब्लेट नाईट्रोभेट फेला परेको थियो । उनमाथि लागू औषध नियन्त्रण ऐन २०३३ बमोजिम आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*