कुष्माण्ड सरोबरको मकर मेलामा ७ लाख आम्दानी
मकवानपुर, २० फागुन । कुष्माड सरोबर त्रिबेणी धाममा एक महिनासम्म लागेको मकर मेलामा ७ लाख १५ हजार रुपैयाँ आम्दानी भएको छ । कुष्माण्ड सरोबर त्रिवेणी धाम बिकास समितिले शनिबार माघ महिनाको मकर मेलाको आय ब्यय बिबरण सार्वजनिक गर्दै त्यसको जानकारी दिएका हुन् ।
मेलामा १ लाख २९ हजार ७ सय १५ खर्च भएको छ । यो मकर मेलाबाट समितिले ५ लाख १० हजार रकम बचत भएको समितिका कोषाध्यक्ष मणीप्रसाद सुबेदीले जानकारी दिए । मेलामा प्रसाद मार्फत १५ हजार ३ सय ९५ रुपैयाँ, बिभिन्न दक्षीणा तथा कपडा खरीदमा १ लाख ४ हजार ७ सय १० रकम खर्च भएको छ । यस्तै तोरण, ब्यानर, मिडिया खर्च, साउण्ड सिस्टम आदिमा १ लाख १० हजार ३ सय ४९ रुपैयाँ खर्च भएको छ ।
त्यस्तै ब्रतबन्ध बाट २ लाख १९ हजार आम्दानी गरेको छ भने चामल बिक्रि बाट ३५ हजार छ सय ७० रुपैया आम्दामी गरेको छ । यस्तै नगद रसिद बाट २ लाख ७८ हजार दुइ सय ५४ रुपैया आम्दामी गरेको लामीछानेले बताए ।
