टिपरमा करेन्ट लाग्दा चालकको मृत्यु

तु खबर संवाददाता
२०७४ फाल्गुन २०, आईतवार १९:५१

चितवन, २० फागुन । रासस पूर्वी चितवनको खैरहनीमा आज दिउँसो टिपरबाट बालुवा खसाल्ने क्रममा करेन्ट लागेर चालकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार मृत्यु हुनेमा मनहरी गाउँपालिका–३ मकवानपुरका साजन माझी रहेका छन् ।

खैरहनी नगरपालिका–१० स्थित ढुु्ङग्रे खोला पुलनजिकै ना ७ ख ४८१८ नम्बरको टिपरले बाटो निर्माणका लागि बालुवा खसाल्ने क्रममा सो दुर्घटना भएको हो । बालुवा खसाल्ने क्रममा ढाला माथि उठाउँदा बिजुलीको तारमा छुँदा करेन्ट लागेको प्रहरीले जनाएको छ । करेन्टले टिपरको टायरमा आगलागी समेत भएको प्रहरीले जनाएको छ ।

रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*