विवाह दर्ता र नागरिकता नभएको कारण पाइनन् सेवा सुविधा

तु खबर संवाददाता
२०७४ फाल्गुन १९, शनिबार १३:१२
file-photo

महोत्तरी, १९ फागुन । विवाह दर्ता र नागरिकता नभएपछि महोत्तरी औरही नगरपालिका– ६ बैरियाकी ३० वर्षीया एकल महिला सोनावतीदेवी रायले राज्यबाट पाउने हरेक सेवा सुविधाबाट वञ्चित भएकी छिन् । हुनेखाने उमेरमा ७ वर्षअघि श्रीमान् नथुनी यादवको मृत्यु भएपछि सोनावतीलाई अहिले जीवनयापन गर्न कठिनाइ भएको छ ।

घरका अभिभावकले आवश्यक परेको खण्डमा पैसा नदिएपछि सोनावतीलाई बाँकी जीवनयापन गर्न समस्या भएको हो । उनको एकमात्र १२ वर्षका छोरा राहुलले विद्यालयमा शिक्षादिक्षा पाउनसकेका छैनन् । उचित शिक्षादिक्षा एवं संरक्षणको अभावमा दिनभरी भौतारिँदा छोरा राहुलको भविष्यलाई लिएर आफू चिन्तित रहेको सोनावतीले बताउनुभयो ।

आफुुसँग नागरिकता एवं विवाह दर्ता नभएकै कारण सामाजिक सुरक्षा भत्ता पाउन नसकेको उहाँले गुनासो गर्नुभयो ।
सो वडाका वडाअध्यक्ष नरेश यादवले अब आफूले नागरिकता एवं विवाह दर्ताका लागि सहयोग गरिने प्रतिबद्धता जनाउनुभयो ।

विवाह भएको ३५ दिनको अवधिमा विवाह दर्ता बनाए कुनै किसिमको यस्ता समस्या समाजमा सिर्जना नहुने इलाका प्रशासन कार्यालय गौशालाका प्रशासकीय अधिकृत कामेश्वर यादवले बताउनुभयो । रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*