प्रधानन्यायाधीश पराजुलीलाई महाअभियोग माग गर्दै डा. केसी अनसन बस्ने
काठमाडौँ । यहि २९ गतेबाट अनसन बस्ने डा. गोविन्द केसीले घोषणा गरेका छन् । प्रधानन्यायाधीश गोपाल पराजुलीलाई महाअभियोग लगाउन माग गर्दै डा. केसी अनसन बस्न लागेका हुन् ।
डा. केसीले आज एक विज्ञप्ती जारी गर्दै प्रधानन्यायाधीश पराजुलीलाई महाअभियोग लगाउनु पर्ने र शिक्षा सम्बन्धी आयोगले कारवाही सिफारिस गरेकालाई कारवाही हुनुपर्ने मागसहित अनसन बस्न लागेका हुन् ।
