स्वेच्छिक अवकाश लिन जिल्लाका २७ कर्मचारीले दिए आवेदन

तु खबर संवाददाता
२०७४ फाल्गुन १९, शनिबार ११:१६

रसुवा, १९ फागुन । जिल्लाका २७ कर्मचारीले स्वेच्छिक अवकाश लिन आवेदन दिएका छन् ।

प्रजिअ चोमेन्द्र न्यौपानेका अनुसार स्वेच्छिक अवकाश लिन आवेदन दिएका कर्मचारीमा राजपत्राङ्कित तृतीय श्रेणीका चार तथा राजपत्र अनाङ्कित प्रथम तहका दुई, द्वितीय तहका दुई एवं तृतीय श्रेणीका एक र श्रेणीविहीन १८ जना छन् ।

आवेदन दिनेमा भन्सार, जिल्ला प्रशासन, कृषि, पशुसेवा, हुलाक, लाङ्टाङ राष्ट्रिय निकुञ्ज, शिक्षा, स्वास्थ्य, खानेपानी र सिंचाइ कार्यालयअन्तर्गतका कर्मचारी रहेको बताइएको छ । जिल्लामा कार्यरत कर्मचारी करीव २०० जना छन् । रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*