३ दर्जन कविहरु ईन्द्रसरोवरमा भेला, डुङ्गामा दिप प्रज्वलन र कविता वाचन हुँदै
मकवानपुर, १८ फागनु । उत्तरी मकवानपुरको इन्द्रसरोवर गाँउपालिकामा आज ‘इन्द्रसरोवर काव्य उत्सव २०७४’ हुँदै छ । आज साँझ ६ बजेदेखि शुरु हुने भनिएको उक्त काव्य उत्सवको एमालेका वरिष्ठ नेता तथा पुर्वप्रधानमन्त्री झलनाथ खनालले केही समयपछि उद्घाटन गर्नुहुने छ ।
मुलुककै सबैभन्दा ठुलो मावनिर्मित ताल इन्द्रसरोवरको प्रचारप्रसार गर्न काव्य उत्सव गरिन लागेको आयोजकले जनाएको छ । पर्यटकीय स्थलको प्रचारप्रसार गर्ने र सहित्य पर्यटनको विकास गर्ने उद्देश्यले कुलेखानीमा काव्य उत्सव गरिन लागेको आयोजक इन्द्रसरोवर गाउँपालिका अध्यक्ष जीवन लामाले बताए । आज हुने काव्य उत्सव ऐतिहासिक समेत हुने अध्यक्ष लामाले बताए । पर्यटनका लागि साहित्य भन्ने नारा तय गरिएको उत्सवले ओझेलमा परेको ठाउँलाई साहित्यको माध्यमबाट प्रचारमा ल्याउन मद्दत पुग्ने आयोजकले जनाएको छ ।
काव्य उत्सवमा देशका विभिन्न स्थानबाट करिव ३ दर्जन कविहरु ईन्द्रसरोवरमा पुगिसकेका छन् । यसैबीच, काव्य उत्सवको अवसरमा माविस्तरीय सम्पन्न कविता प्रतियोगितामा ४ जना उत्कष्ट भएका छन् । ६ वटा माविका १२ जना सहभागि भएको प्रतियोगितामा सुशिला वाईबा वत्सलादेवी मावि, अनिता लामा कालिदेवी मावि, निरुता कार्की महाजुनी मावि र नविन गोले सरस्वति बाल बोधनी मावि उत्कृष्ट भएका छन् । आज साँझ डुङ्गामा दीप प्रज्वलन तथा डुङ्गामै संगितसंगै कविता वाचन गर्ने मकवानपुरको पर्यटन र साहित्यमा अवसर, चुनौति र सम्भावना विषयक कार्यपत्र प्रस्तुती समेत गर्ने तयारी आयोजकले गरेको छ ।
