अपडेट–पदमपोखरी झडप, एक प्रहरी घाईते, एसपी आफैँ घटनास्थलमा

तु खबर संवाददाता
२०७४ फाल्गुन १७, बिहीबार २१:४१
file photo

मकवानपुर, १७ फागुन । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १३ पदमपोखरी वनस्पतिमा आज बेलुका झडप भएको छ । यो समाचार तयार पार्दासम्म पनि स्थानीयहरु बाहिर निस्कन नसकेको अवस्था छ । सामुदायिक प्रहरीबिटका एक जना प्रहरीलाई युवाहरुको टोलीले खुकरी समेत प्रहार गरेका छन् । उलाई उपचारको लागि अस्पताल लगिएको बताइएको छ ।

प्रहरी र शसस्त्र प्रहरीले समेत घटनालाई नियन्त्रणमा लिन नसकेपछि अहिले आर्मी नै परिचालन गरिएको स्थानीयले जानकारी दिएका छन् । अहिले युवाहरुको टोलीले सामुदायिक प्रहरी बिट रहेको भवनमा ढुङ्गामुढा समेत गरेका छन् भने स्थानीयहरु समेत बाहिर निस्कन नसक्ने गरि झडप भएको बताइएको छ । घटना कसरी घट्यो भन्ने खुल्न सकेको छैन ।

घटना भएको बारेमा मकवानपुर प्रहरी कन्ट्रोलले समेत पुष्टि गरेको छ । तर आधिकारिक जानकारी भने आफुहरुसँग पनि नभएको बताएका छन् । घटनालाई नियन्त्रणमा लिन यतिखेर मकवानपुरका प्रहरी प्रमुख एसपी विकासराज खनालको टोली घटनास्थलतर्फ प्रस्थान गरेको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोस्- पदमपोखरी वनस्पतिमा झडप, प्रहरीमाथि नै हतियार प्रहार

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*