समाचार

निजी विद्यालयका कारण घट्दैछन् सरकारी विद्यालयमा विद्यार्थी

पथरी, मोरङ, १० फागुन वरपरका निजी विद्यालयमा विद्यार्थी भरिभराउ भइरहँदा उर्लाबारीका सामुदायिक विद्यालयमा संख्या पातलिएको छ । शहरका तुलनामा गाउँका विद्यालयमा विद्यार्थी थोरै पाइएको हो । प्रायः अभिभावकको आकर्षण निजी विद्यालयप्रति बढ्दै गइरहेको छ । निजी विद्यालयप्रति अभिभावकको आकर्षण बढ्दा सामुदायिक विद्यालयमा विद्यार्थीको संख्यामा कमी आएको हो । निजीको...

बलात्कारको घटना मिलाउने दुईजना पक्राउ

पाँचथर, १० फागुन । पाँचथरको तुम्बेवा गाउँपालिका–३ मा भएको बलात्कारको घटना गाउँमै मिलाएको भन्दै प्रहरीमा पुगेका दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएर कारबाही अघि बढाएको छ । जबर्जस्ती करणी गरेको मुद्दामा पीडित बालिकाका आफन्तलाई आर्थिक प्रलोभन देखाई बलात्कारमा संलग्न तुम्बेवा–३ का मनकुमार सम्बाहाम्फेलाई उन्मुक्ति दिन पहल गरेको भन्दै प्रहरीले तुम्बेवा–३...

कलेजस्तरीय नकआउट क्रिकेट प्रतियोगिता

इटहरी, ९ फागुन । ‘नेपालय इन्टरनेशनल काठमाडौँ’को आयोजनामा यही फागुन १३ देखि २० गतेसम्म प्रदेश नं १ को एक्सपर्ट अन्तर कलेजस्तरीय नकआउट क्रिकेट प्रतियोगिता सञ्चालन गरिने भएको छ । स्थानीय कार्यक्रम संयोजक एवं क्रिकेट प्रशिक्षक सिपी पौडेलले आज यहाँ पत्रकार सम्मेलन गरेर एक्सपर्ट कलेजस्तरीय नकआउट क्रिकेट प्रतियोगिताका विषयमा जानकारी...

काँग्रेस केन्द्रीय कार्यसमिति बैठक बिहीबार

काठमाडौँ, ९ फागुन । नेपाली काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक समसामयिक राजनीतिक विषयमा छलफल गर्न बिहीबार फागुन १० गते बस्दैछ । पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा पार्टी संसदीय दलको विधानलगायत समसामयिक विषयमा छलफल हुने पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । बैठकमा नयाँ सरकारले काँग्रेस नेतृत्वको...

पहिले घृणा गर्नेहरु अहिले जोड्छन् हात

रामपुर, पाल्पा, १० फागुन । ‘पहिले पुराना च्यातिएका, फाटेका जुत्ता चप्पल हातमा लिएर सियो र धागोले सिलाएको देख्दा धेरैले थु थु र घृणा गर्ने गर्थे, अहिले भने व्यवसायबाट राम्रै कमाउन थालेपछि उनीहरु आफैँ दुई हात जोडी नमस्कार गर्न थालेका छन्’, यो जीवनको यथार्थ र वास्तविक भोगाइ हो– पाल्पाको रामपुर...

पदमपोखरी–वनस्पति क्षेत्रको बाटोमा धमाधम स्ल्याब ढलान हुँदै, बुद्धचोकमा कालोपत्रे

-चन्द्र घलान हेटौँडा, १० फागुन । स्थानीय सरकार आएसँगै देशका विभिन्न क्षेत्रमा विकासका गतिविधिहरु तिब्र गतिमा सुरु भएको छ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका अन्तर्गत पर्ने वडा नम्बर १२ र १३ साविक पदमपोखरी गाविसमा पनि अहिले भौतिक विकासका योजनाहरु शुरु भएका छन् । यसै क्रममा हेटौँडा–१३ पदमपोखरी वनस्पतिमा पनि बुधबार...

तीन जिल्ला जोड्ने सडक निर्माण अलपत्र, जनता आक्रोशित

– रमेश गिरी भक्तपुर, १० फागुन । भक्तपुर, काभ्रे र ललितपुर जोड्ने सडक विस्तार कार्य रोकिएको छ । जिल्ला वन कार्यालय भक्तपुरले वन क्षेत्रमा सडक परेको भन्दै रोक लगाएपछि सूर्यविनायक नगरपालिका–८ सिपाडोलको घ्याम्पेडाँडादेखि पार्टी भन्याङसम्मको दुई किलोमिटर सडक विस्तारका कार्य रोकिएको हो । सडक विस्तारका क्रममा वन क्षेत्रमा पर्ने...

हेटौँडामा प्रदेश नम्बर ३ को संसद नियमावली यस्तो बन्दैछ, आज मस्यौदा समिति बैठक बस्ने

मकवानपुर, १० फागुन । प्रदेश नम्बर ३ को राजधानी हेटौँडामा यतिखेर संसद नियमावली तयार पारिँदैछ । ५ वर्ष सम्म प्रदेश नम्बर ३ को संसद संचालनका लागि कार्यविधि मस्यौदा तयार पारिएको हो । संसद कार्यविधि नियमावली बनाउनका लागि मस्यौदा तयार पारिएको छ । प्रदेश संसदले पहिलो अधिवेशन सुरु गरेपनि हालसम्म...

ट्रक दुर्घटना हुँदा एकको मृत्यु, दुई गम्भीर

रत्ननगर, चितवन, १० फागुन । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको घुमाउनेमा एउटा भारतीय ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने दुईजना गम्भीर घाइते भएका छन् । उनीहरुको पहिचान खुलेको छैन । घाइतेलाई उपचारका लागि भरतपुर ल्याइँदै गरेको चितवन प्रहरीले जनाएको छ । चितवनको भरतपुर महानगरपालिका–२९ स्थित घुमाउनेमा आज बिहान ३ः५०...

मुख्यमन्त्री राउतले आज विश्वासको मत लिने

महेन्द्रनगर, धनुषा, १० फागुन । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले आज संसद्मा विश्वासको मत लिनुहुने भएको छ । प्रदेश संसद् सचिवालयका उपसचिव रञ्जितकुमार यादवले दिएको जानकारीअनुसार आज दिउँसो १ बजे बोलाइएको प्रदेशसभा बैठकमा मुख्यमन्त्री राउतले सम्बोधन गर्दै विश्वासको मतका लागि प्रस्ताव गर्नुहुनेछ । संविधानको धारा १६८ को...