विद्यालयलाई कम्प्युटर हस्तान्तरण

तु खबर संवाददाता
२०७४ फाल्गुन १६, बुधबार १४:०६

तेह्रथुम, १६ फागुन । फदाप गाउँपालिका–१, सिम्लेका एक समाजसेवीले गाउँको विद्यालयलाई कम्प्युटर प्रदान गर्नुभएको छ ।

विद्यालयको संस्थापक सदस्यसमेत रहेका फेदाप गाउँपालिका–१, सिम्लेका लक्ष्मीसुन्दर निङ्लेकुले आमा जोगमायाको स्मृतिमा ‘आमा पुस्तकालय’ स्थापना गर्नुका साथै विद्यालयलाई दुई थान कम्प्युटर हस्तान्तरण गर्नुभएको छ ।

उहाँले विद्यालयलाई नगद रु ५० हजारसमेत सहयोग गर्नुभएको छ । विद्यालयको शैक्षिक उन्नयनमा सहयोग पु¥याउने उद्देश्यले निङ्लेकुले पुस्तक खरिद गरी पुस्तकालय स्थापना गरिदिनुभएको हो । निङ्लेकुले बुबा कृषिप्रसाद र आमा जोगमायाको स्मृतिमा विद्यालयलाई सहयोग गरेको बताउनुभयो ।

प्रधानाध्यापक कृष्णबहादुर थापाले चाँडै नै कम्प्युटर शिक्षक नियुक्ति गरी कम्प्युटर कक्षा सञ्चालन गरिने बताउनुभयो । रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*