प्रदेश नम्बर ३ मा ४ मन्त्रीको टुङ्गो लाग्यो, दुलाल सामाजिक विकास मन्त्री हुने

तु खबर संवाददाता
२०७४ फाल्गुन १६, बुधबार १४:४५

-चन्द्र घलान

मकवानपुर, १६ फागुन । आज साँझ नै ३ नम्बर प्रदेशको मन्त्री परिषद विस्तार हुने भएको छ । मुख्यमन्त्रीको कार्यालय निकट श्रोत अनुसार आज ४ जना मन्त्रीहरु नियुक्त हुनेछन् । प्रधानमन्त्री केपी शर्मा ओलीले थमाएको मन्त्रीको लिष्ट र प्रदेश संयोजक अष्टलक्ष्मी शाक्यको सुझाव अनुसार आज प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मन्त्रीपरिषद विस्तार गर्ने बताइएको छ ।यस अघि नै ७ मन्त्रालयमध्ये आन्तरिक मामिला तथा कानुन मन्त्रीमा माओवादीका शालिकराम जमरकट्टेल र भौतिक पूर्वाधार मन्त्रीमा एमालेका केशव स्थापित नियुक्त भइसकेका छन् । पछिल्लो पटक प्राप्त जानकारी अनुसार नेकपा माओवादी केन्द्रबाट युवराज दुलाल शरद सामाजिक विकास मन्त्रीमा नियुक्त हुने लगभग निश्चित जस्तै भएको छ । मुख्यमन्त्री निकट श्रोतका अनुसार उनी मन्त्री हुने शतप्रतिसत निश्चित भएको हो ।

त्यस्तै आज हुने मन्त्रीपरिषद बिस्तारमा एमालेबाट अरुण नेपाल, कैलाश ढुंगेल र दावादोर्जे लामाले सपथ ग्रहण गर्ने लगभग निश्चित भएको श्रोतको दाबी छ । नेकपा एमालेका पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीले रामेछापका कैलाश ढुंगेललाई अर्थ तथा योजना मन्त्री बनाउने लगभग निश्चित छ । बाहिरी दवाब नभएका यी चार जना नै आज मन्त्रीमा नियुक्त हुने तथा शपथ ग्रहण गर्ने श्रोतको दाबी छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*