समाचार

बालीमा फैलँदैछ गाँठे रोग

ललितपुर, ९ फागुन । केही वर्ष पहिलेसम्म काठमाडौँ उपत्यकाको काउली र बन्दामा देखिएको गाँठे रोग अहिले देशका धेरै जिल्लाका धेरैथरी बालीमा फैलिएको छ । गाँठे रोग झण्डै ४० जिल्लामा फैलिएको कृषि विभाग, प्लान्ट क्वारेन्टाइन कार्यक्रमका वरिष्ठ बाली संरक्षण अधिकृत लक्ष्मीप्रसाद खरेलले बताउनुभयो । “झण्डै १५ वर्ष पहिले छिटफुट देखिएकामा...

बसको ठक्करबाट एकको मृत्यु

काठमाडौँ, ९ फागुन । स्थानीय नेपालटारमा बसको चक्काले किचेर एक जनाको मृत्यु भएको छ । गए राति काठमाडौँको तार्केश्वर नगरपालिका–११ नेपालटारमा गुडिरहेको बसको चक्काले थिचेर मोटरसाइकल चालक नुवाकोट घर भई काभ्रेस्थली बस्ने २६ वर्षीय चन्द्रप्रकाश मोक्तानको मृत्यु भएको हो । मोक्तान नेपाल विद्यार्थी संघ एनआर कलेजका सचिवसमेत रहेको नेविसंघका...

बिहानै गयो परकम्प

काठमाडौँ, ९ फागुन । आज बिहान यहाँ ‘गोरखा भूकम्प’को परकम्प गएको छ । बिहान २ बजेर २३ मिनेट जाँदा डल्लु आसपास केन्द्रविन्दु रहेको ३।६ रिक्टर स्केलको परकम्प गएको खानी तथा भूगर्भ विभाग, भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्म ४ रिक्टरभन्दा माथिका ४८९ परकम्प...

शिवम् सिमेन्टका विरुद्ध आन्दोलनमा संलग्न ६ जना पक्राउ

मकवानपुर, ९ फागुन । मकवानपुरमा संचालित शिवम् सिमेन्टले गरेको बायु तथा ध्वनी प्रदुषणको विरुद्धमा आन्दोलनमा संलग्न ६ जना स्थानीयलेलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपूरका इन्सपेक्टर मधु थापाको कमान्डमा खटिएको प्रहरी टोलीले शिवम् सिमेन्ट पिडीतको आन्दोलनमा ६ जनालाई गिरफ्तार गरेको हो । दिगो वातावरण तथा संस्कृति...

खानेपानिको धाराबाट आउँछ कहिले मासुको डल्लो र कहिले आन्द्राको डल्लो

धुलिखेल, ९ फागुन । बनेपा नगरपालिका–८ र ९ का बासिन्दाले एक वर्ष अगाडिदेखि नै खानेपानी संस्थान बनेपाले वितरण गरेको धारामा आएको दूषित पानी उपभोग गर्दै आएका छन् । नौ नं वडा, शाही टोलमा पशुबध गरेर जथाभावी फोहोर फालेका कारण त्यस्तो समस्या बढ्दै गएको स्थानीय बासिन्दा बताउँछन् । बनेपा नगरपालिका–९...

आमा समूहद्वारा एक लाख बराबरको न्यानो कपडा वितरण

काठमाडौँ, ९ फागुन । आमा समूह तमू समाज बेल्जियमले शीतलहर प्रभावित तराई क्षेत्रमा कम्बल तथा खाद्यान्न सामग्री वितरण गरेको छ । बेल्जियममा आमा समूहले संकलन गरेको रु एक लाख बराबरको कम्बल तथा खाद्यान्नलगायत सामग्री मूर्तिया बरथहवा नगरपालिका, सर्लाहीका शीतलहर प्रभावितलाई वितरण गरिएको तमू समाज बेल्जियमका महासचिव सूर्य गुरुङले राससलाई...

उपप्रमुखलाई तराजु हस्तान्तरण

नगरकोट, ९ फागुन । न्यायिक दिवसका अवसरमा समाजवाद अध्ययन केन्द्र भक्तपुरले यहाँका नगरपालिका उपप्रमुखहरुलाई मङ्गलबार न्यायको प्रतीक तराजु हस्तान्तरण गरेको छ । नयाँ संविधानअन्तर्गत न्यायिक निकायका प्रमुखका रुपमा रहनुभएका उपप्रमुखलाई निष्पक्ष न्याय गर्न अभिप्रेरित गर्दै केन्द्र चाँगुनारायणले जिल्लाका चारै उपप्रमुखलाई तराजुलगायत सामग्री हस्तान्तरण गर्दै भक्तपुर जिल्ला अदालतका प्रमुख न्यायाधीश...

सम्सी गाउँपालिकाको लागि बजेट रु २८ करोड ४४ लाख

गौशाला, ९ फागुन । महोत्तरी जिल्लाको सम्सी गाउँपालिकाका लागि रु २८ करोड ४४ लाख बजेट प्रस्तुत हुँदै प्रथम गाउँसभा सम्पन्न भएको छ । सडक सञ्जाल, स्वास्थ्य सेवा, खानेपानी, विशेष शिक्षा योजना, कृषि योजनालगायत योजनालाई नीति तथा कार्यक्रममा प्राथमिकतामा राख्दै सम्सी गाउँपालिकाका उपाध्यक्ष नगिनादेवी यादवले आर्थिक वर्ष २०७४/७५ का लागि...

दम्पतिद्धारा वृद्धाश्रमलाई सहयोग

तुलसीपुर, दाङ, ९ फागुन । तुलसीपुर उपमहानगरपालिका–१२ रझेनाका वासुदेव गौतम र उहाँकी श्रीमती दामाले रझेनास्थित वृद्धाश्रमका वृद्धलाई भाँडाकुँडा, लत्ताकपडा र खाट सहयोग गर्नुभएको छ । आफ्ना स्व बुबा तिलकराम र आमा यामादेवीको सम्झनामा रु १० हजार बराबरको सामान गौतम दम्पतीले सहयोग गरेको हो । यसैबीच गौतमकै संयोजकत्वमा महायज्ञ सञ्चालक...

हेटौँडा उपमहानगरपालिका नगर कार्यपालिकाको दोस्रो नगरसभाबाट ५ विधेयक पारित, के–के भयो निर्णय ? हेर्नुहोस् पूर्ण विवरण

मकवानपुर, ८ फागुन । हेटौँडा उपमहानगरपालिका नगर कार्यपालिकाको दोस्रो नगरसभाले ५ वटा विधेयक पास गरेको छ । यही फागुन ६ गते सुरु भै ८ गते समापन भएको नगरसभााको बैठकले बिभिन्न बिधेयक पारित संगसंगै बिभिन्न निणर््ायहरु समेत गरेको छ । नगरसभाले हेटौंडा उपमहानगरपालिकाको सहकारी विद्येयक २०७४, हेटौंडा उपमहानगरपालिकाको कृषि व्यवसाय...