द्वन्द्व पीडितसँग एक दिने अन्तरक्रिया सम्पन्न

तु खबर संवाददाता
२०७४ फाल्गुन १५, मंगलवार १३:०२

भोजपुर, १५ फागुन । भोजपुरका द्वन्द्वपीडितसँग एकदिने अन्तरक्रिया सम्पन्न भएको छ ।

स्थानीय शान्ति समिति, भोजपुरले सोमबार आयोजना गरेको नगरस्तरीय द्वन्द्वपीडितसँग एकदिने छलफल तथा अन्तरक्रियामा सहभागीले द्वन्द्वपीडितको परिवारलाई नेपाल सरकारले चाँडोभन्दा चाँडो राहत उपलब्ध गराउनु पर्ने माग राखेका छन् ।

द्वन्द्वका क्रममा अंगभंग भएका पीडित परिवारका छोराछोरीलाई समेत सरकारले निःशुल्क पढाउने वातावरण बनाउन स्थानिय शान्ति समितिमार्फत उनीहरुले आग्रह गरेका हुन् ।

अन्तरक्रियामा भोजपुर नगरपालिकाका प्रमुख कैलाशकुमार आलेले द्वन्द्व पीडितलाई स्थानीय सरकारले सक्दो सहयोग गर्ने भन्दै द्वन्द्वपीडितको समूह बनाएर आर्थिकस्तर वृद्धिका निम्ति सीप विकासको योजना पेश गर्ने बताउनुभयो ।

हाल भोजपुरमा १३० मृतक, नौजना बेपत्ता, २२ जना अपहरण र २९६ परिवार विस्थापित रहेको स्थानीय शान्ति समितिका सचिव टेकबहादुर श्रेष्ठले जानकारी दिनुभयो । रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*