समाचार

प्रदेश राजधानी हेटौँडाबाट कसैले पनि सार्न नसक्ने मुख्यमन्त्री पौडेलको दाबी

हेटौँडा, ६ फागुन । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणी पौडेलले हेटौँडाबाट कसैले पनि प्रदेश राजधानी सार्न नसक्ने दाबी गरेका छन् । आईतबार हेटौडा उपमहानगरपालिकाको दोस्रो नगर सभाको उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले मुख्यमन्त्रीको पदसंग राजधानी सार्न सम्झौता गरेको बाहिरी हल्लाको पछि नलाग्न आग्रह पनि गरे । हेटौँडा राजधानीको लागि...

सिमेन्ट उद्योगको खानी र बाटो बन्द नगर्न ३ वडाको विज्ञप्ति

मकवानपुर, ६ फागुन । हेटौँडा सिमेन्टको खानी बन्द गर्ने र सडक अवरोध नै गरेर सवारी साधनलाई समेत हिँड्न नदिएको भन्दै मकवानपुरगढी गाउँपालिकाका ३ वडा कार्यालयबाट ध्यानाकर्षण गर्दै विज्ञप्ति जारी गरिएको छ । शनिबारदेखि आफ्नो कार्यक्षेत्रमा भईरहेको आन्दोलनको मकवानपुरगढी गाउँपालिकाका ३ वटा वडा कार्यालयले ध्यानाकर्षण भएको जनाएका हुन् । बस्ति...

भ्यालेन्टाइन डे सकेर तन्नेरी फर्किन नपाउँदै ओइरिए धार्मिक पर्यटक

चितवन, ६ फागुन । युवा पुस्तामाझ लोकप्रिय प्रेम दिवस (भ्यालेन्टाइन डे) मनाउन यहाँ आएका युवा तन्नेरी फर्किन नपाउँदै पूर्वी चितवन धार्मिक पर्यटकले भरिभराउ भएको छ । तेस्रो पर्यटकीय गन्तव्य सौराहामा प्रेम दिवसमा आयोजना गरिएको खाना महोत्सव सकिएको पर्सिपल्ट सोही क्षेत्रको जिरौनामा कृष्ण प्रणामीहरुले आयोजना गरेको बृहत् धार्मिक कार्यक्रममा स्वदेशी...

आगलागी पीडितलाई राहत

हुम्ला, ६ फागुन नेपाल ग्रामीण पुनःनिर्माण संस्था/सामुदायिक विकास कार्यक्रम (सिडिपी) हुम्लाले आगलागी पीडित १४ घरपरिवारलाई राहत सामग्री वितरण गरेको छ । सर्केगाड गाउँपालिका–७ कार्कीबाडामा गत माघ १३ गते आगलागी भई १४ घर र पशुवस्तु नष्ट भएको थियो । सामुदायिक विकास कार्यक्रमले सर्केगाड गाउँपालिकाको वडा नं २, ३ र ४...

सहकारीले निःशुल्क दूध ढुवानी गरेपछि गाईपालनमा कृषकको आकर्षण

रामपुर, पाल्पा, ६ फागुन । कृषकलाई पशुपालन व्यवसायमा हौसला बढाउन पाल्पाको डुम्रे दुग्ध उत्पादक सहकारी संस्थाले निःशुल्क दूध ढुवानी गर्न थालेकाले गाइपालनमा कृषकको आकर्षण बढ्न थालेको छ । सहकारीले कृषकको घरघरमा पुगेर दूध खरिद गर्दै आएको छ । घरघरमा दूध खरिदका लागि सहकारी पुगेपछि डुम्रे क्षेत्रका कृषक उत्साहित हुँदै...

पोखरीमा डुबेर एक बालकको मृत्यु

राजविराज, ६ फागुन । सप्तरीको डाकनेश्वरी नगरपालिका– ३ मा मामाघर आएका एक भारतीय बालकको पोखरीमा डुबेर आज मृत्यु भएको छ । मृत्यु हुनेमा भारत विहार राज्यअन्तर्गत मधुवनी जिल्ला नेमुवा घर भएका सुरेन्द्र मुख्याका चार वर्षीय छोरा ललकु रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ललकु मामा घर आएको र...

उदयपुरमा पहिलो पटक प्याराग्लाइडिङ

गाईघाट, उदयपुर, ६ फागुन । उदयपुर जिल्लाको पूर्वी क्षेत्रको बेलका नगरपालिका–८ स्थित बोपाताङ डाँडा र चम्पाकोट डाँडाबाट सप्तकोशी किनारतर्फ पहिलो परिक्षण स्वरुप पटक प्याराग्लाइडिङ सञ्चालन गरिएको छ । बेलका नगरपालिकाअन्तर्गत कोशी टप्पु क्षेत्र र सप्तकोशी क्षेत्रलाई व्यापक रुपमा बोटिङ र प्याराग्लाइडिङको माध्यमबाट पर्यटन विकास गर्ने लक्ष्यका साथ पहिलो पटक...

पार्टीलाई रु आठ लाख सहयोग

काठमाडौँ, ६ फागुन । एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) का केन्द्रीय सदस्य सुन्दर पाण्डेले पार्टीलाई आज रु आठ लाख सहयोग प्रदान गर्नुभएको छ । नेता पाण्डेले अध्यक्ष डा प्रकाशचन्द्र लोहनीलाई प्रदेश तथा केन्द्रीयस्तरमा राजनीतिक गतिविधि एवं प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न सो सहयोग गरिएको जानकारी दिनुभयो । रासस

विपन्न समुदायका १५ घरधुरीलाई घर निर्माण

नवलपरासी, ६ फागुन । नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) जिल्लाको कावासोती नगरपालिका–१५ अमलटारी गाउँका अति गरिब र विपन्न समुदायका लागि घर निर्माण गरिएको छ । कावासोती नगरपालिका र डब्लुडब्लुएफको संयुक्त आर्थिक लगानीमा अति विपन्न र वन्यजन्तुबाट पीडित हुनाका साथै आफ्नो जीविकोपार्जन गर्न समेत नसक्ने अवस्थाका विपन्न मुसहर समुदायका १५ परिवारका लागि...

पाठ्यक्रममा भक्तपुरको पहिचान समेट्न सुझाव

नगरकोट, ६ फागुन । शिक्षकहरुले विद्यालयका पाठ्यक्रममा भक्तपुरको पहिचान, इतिहास, स्थानीय सीप र प्रविधि, पर्यटन र स्थानीय खेलका विषयवस्तु समेट्नुपर्ने सुझाव दिनुभएको छ । भक्तपुर नगरपालिकाले यहाँ आयोजना गरेको कार्यशालामा शान्ति निकेतन माविका प्रअ महेन्द्रगोपाल कर्माचार्यले भक्तपुरको पहिचान, वागीश्वरी माविका प्रअ कृष्णप्रसाद धन्छाले भक्तपुरको इतिहास र वासु माविका प्रअ...