समाचार
हेटौँडा सिमेन्ट उद्योगमा लफडा : सेक्युरिटी मजदुरको माग पूरा गराउन थप ३० दिने अल्टिमेटम
मकवानपुर, ६ फागुन । हेटौँडा सिमेन्ट उद्योगमा विभिन्न लफडा सुरु भएको छ । कहिले खानी बन्द हुने त कहिले मजदुर आन्दोलनमा उत्रने भएपछि लफडा सुरु भएको हो । यसैबिच हेटौंडा सिमेन्ट उद्योगमा कार्यरत सेक्युरिटी तथा सिभिल मजदुरहरुले आफ्ना तीन सुत्रीय माग पूरा गराउन सरोकारवा पक्षलाई थप ३० दिने अल्टिमेटम...
अध्यक्ष दाहाल संसदीय दलका नेता निर्वाचित
काठमाडौँ, ६ फागुन । नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज पार्टीको संसदीय दलको नेतामा चुनिनुभएको छ । माओवादी केन्द्र संसदीय दलको आज बसेको बैठकले पार्टी अध्यक्षलाई सर्वसम्मत रुपमा दलको नेता चुनेको पार्टी प्रवक्ता पम्फा भुसालले राससलाई जानकारी दिनुभयो । बैठकले वैचारिक पाटालाई एमाले र माओवादी केन्द्रबीचको वार्ता र...
२१ औँ शताब्दीमा पनि ढुङ्गे युगको जीवन : घुमन्ते बञ्जाराको आदिम जीवनशैली
–वीरेन्द्र कर्ण वीरगञ्ज, ६ फागुन । मुलक एक्काइसांै शताब्दीको संघारमा पुगे पनि घुमन्ते बञ्जाराको जीवनशैलीमा भने कुनै परिर्वतन आउन सकेको छन् । आधुनिक युगमा पनि उनीहरु आदिम जीवनशैलीमै रमाउने गरेको छ । घना जंगलमा बस्ने ती बञ्जारा जंगली जनावर र पशुपक्षीको शिकार गरी आफ्नो जीवन धान्ने गरेको पुर्खौली पेसालाई...
गोहीको नाम बोटे, माझी र मुसहर
– नारायण ढुंगाना रत्ननगर, चितवन, ६ फागुन । बोटे, माझी र मुसहरको नाम गोहीलाई दिइयो भन्दा अचम्म नमान्नुहोला । घडियाल गोहीको अस्तित्व जोगाइराख्ने प्रयासस्वरुप यसरी नामकरण गरिएको हो । उनीहरुको नाम जोडेर प्राकृतिक बासस्थान (राप्ती नदी)मा पहिलो पटक गोही छाड्ने काम भएको छ । यसको मुख्य उद्देश्य गोही संरक्षण...
हेटौँडामा पानी ट्याङ्करले मोटरसाईकललाई ठक्कर दिँदा २ जनाको मृत्यू
हेटौँडा, ६ फागुन । हेटौँडा उपमहानगरपालिका वडा नं ११ स्थित हेटौँडा नारायणगढ सडकखण्डको सरस्वती खोलामा पानीट्याङकरले मोटरसाइकललाई ठक्करदिँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक नवलपरासी सुनौल नगरपालिका–८ का २६ वर्षीय प्रेमबहादुर क्षेत्री र मोटरसाइकलमा सवार चितवन महानगरपालिका–११ का २० वर्षीय माया क्षेत्री रहेको जिल्ला...
विद्यार्थीलाई निःशुल्क साइकल वितरण, विद्यालय जान सहज
— हरिकुमार राई गाईघाट, उदयपुर, ६ फागुन । उदयपुर चौदण्डी नगरपालिका—२ बेल्टारका सामुदायिक विद्यालय तथा क्याम्पसमा अध्ययनरत् विद्यार्थीलाई निःशुल्क साइकल वितरण गरिएको छ । बेल्टारबाट टाढा–टाढा घण्टौँ लगाएर विद्यालय तथा क्याम्पस अध्ययन गर्न जान बाध्य हुने ५० जना विद्यार्थीलाई निःशुल्क साइकल वितरण गरेको चौदण्डी नगरपालिकाका प्रमुख खगेन्द्र राईले बताउनुभयो...
वाम पार्टी एकता बारे धैर्य गर्न मोक्तानको आग्रह
मकवानपुर, ६ फागुन । नेकपा माओवादी केन्द्रकी पोलिटब्युरो सदस्य एवं प्रदेश संसदीय दलका उपनेता कुमारी मोक्तानले पार्टी एकताका बारेमा धैर्य गर्न कार्यकर्ताहरुलाई आग्रह गरेकी छिन् । शनिबार हेटौंडामा नेकपा माओवादी केन्द्र हेटौंडा नगर कमिटिको सम्मेलनमा बोल्दै प्रमुख अतिथि मोक्तानले पार्टी एकता अघि बढिसकेको भन्दै केन्द्रको निर्देशन अनुसार मात्र अघि...
तातोपानी कुण्डको आम्दानीबाट शिक्षकलाई तलब
बेनी, म्याग्दी ६ फागुन । म्याग्दीको बेनी नगरपालिका–४ सिंगातातोपानीस्थित तातोपानी कुण्डको आम्दानी यहाँको सरस्वती माविका शिक्षक÷शिक्षिकालाई तलबमा खर्च हुँदै आएको छ । प्राकृतिक चिकित्सालयको रुपमा परिचित म्याग्दी नदीको किनारमा रहेको सो कुण्डमा बिरामीले स्नान गरे वापत लिइने शुल्कले शिक्षकको तलब, भौतिक पूर्वाधारलगायत विभिन्न शैक्षिक गतिविधिमा खर्च गर्ने गरिएको हो...
चालु आवको ६ महिनामा पाँच खर्बको व्यापार घाटा
काठमाडौं, ५ फागुन । चालु आर्थिक वर्षको ६ महिनामा व्यापार घाटा १४.८ प्रतिशतले बढेर रु चार खर्ब ९३ अर्ब ४२ करोड पुगेको छ । आव २०७३/७४ मा सोही अवधिमा व्यापार घाटा रु चार खर्ब २९ अर्ब ८७ करोड रहेको थियो । गत आवको तुलनामा चालु आवमा व्यापार घाटा रु...
बस दुर्घटनामा दुई दर्जन घाइते
कैलाली, ५ फागुन । कैलाली गोदावरी नगरपालिका–१३ अत्तरीया बजार नजिकै आज बस दुर्घटना हुँदा २४ जनाभन्दा बढी घाइते भएका छन् । टीकापुरबाट धनगढी आउँदै गरेको कर्णाली यातायातको ना४ख ८६३६ नंको बस दुर्घटना हुँदा घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको र अन्यको सामान्य रहेको इलाका प्रहरी कार्यालय अत्तरियाका प्रहरी निरीक्षक...










