समाचार

मानवसेवा आश्रमः बेसहाराको सारथि

बागलुङ, ५ फागुन । विसं २०७४ भदौ २८ को चिसो साँझ । सडक पेटीमा दिन काटिरहेका साइँला । न नाम, न ठेगान । बटुवाले उनलाई ‘साइँला’ भनेर चिन्दा रहेछन् । होचो कद, न उमेरको पत्तो । निष्क्रिय शरीर, बौद्धिक अपांगता त्यहीँ माथि न कसैको माया न सहारा । साइँला...

प्रदेश नं ५ को उपसभामुखमा थारुको उम्मेदवारी

बुटवल, ५ फागुन । प्रदेश नं ५ को उपसभामुख पदका लागि कृष्णी थारुले आज प्रदेशसभा सचिवालयमा आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको छ । नेकपा एमाले र नेकपा ९माओवादी केन्द्र०का साझा उम्मेदवारका रुपमा उहाँले आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको हो । थारु एमालेबाट प्रदेशसभा सदस्य हुनुहुन्छ । उहाँको प्रस्तावकमा नेकपा एमालेका प्रदेश...

कार दुर्घटनामा एकको ज्यान गयो

विराटनगर, ५ फागुन । मोरङको बूढीगंगा गाउँपालिकामा भारती लहरी र कार एक आपसमा ठक्कँर खाँदा एक जनाको मृत्यु भएको छ । प्रदेश नं १ प्रहरी कार्यालय विराटनगरका अनुसार बूढीगंगा गाउँपालिका –३ हुलासवायर उद्योग अगाडि शुक्रबार राति उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको भारतीय एनएल– ०१–डि–२३६९ नं को लहरीले विपरित दिशाबाट जाँदै...

आगलागीमा परि एकको मृत्यु

काठमाडौँ, ५ फागुन । कामपा–१२, लगनमा आज बिहान भएको आगलागीमा काभ्रेपलाञ्चोकका ६५ वर्षीय जीवनकाजी श्रेष्ठको मृत्यु भएको छ । अमृतलाल श्रेष्ठ र अष्टनारायण महर्जनको संयुक्त नाममा रहेको घरमा बिहान ४ बजेतिर विद्युत् चुहिई आगलागी हुँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । श्रेष्ठका ४२ वर्षीय छोरा प्रवीणलाल सोही घटनामा...

जनावरका अंग चोरी गर्नेलाई कारबाही

ललितपुर, ५ फागुन । जनावरको डिएनए परीक्षण शुरु भएसँगै गैरकानूनी रुपमा जनावरका विभिन्न भागको अंग चोरी र बिक्री गर्नेलाई कारवाही हुन थालेको छ । राष्ट्रिय विधिविज्ञान प्रयोगशालाले आर्थिक वर्षको शुरुसँगै जनावरको डिएन परीक्षण शुरु गरेपछि अदालतलाई समेत सत्यतथ्य पत्ता लगाएर कारवाही गर्न सहज भएको हो । जनावरको डिएनए परीक्षणले...

मुटु बचाउन योग, ध्यान र मन्त्र

काठमाडौँ, ५ फागुन । महामृत्युञ्जय योग केन्द्र, विजयचोक, माइती नेपाल, गौशालाले शुक्रबारदेखि तीनदिने ‘स्वस्थ्य मुटुका लागि मुटु व्यवस्थापन कार्यशाला’ शुरु गरेको छ । कार्यशालामा केन्द्रका संस्थापक योगी पूर्ण पिया श्रेष्ठले व्यायाम, श्वासप्रश्वास, योग र मुटुबारे जानकारी दिँदै मुटुका लागि निःशुल्क विशेष योग प्रशिक्षण दिनुभएको छ । कार्यशालामा मुटुरोग रोकथामका...

आगलागी हुँदा ९० लाख क्षति

चौतारा, ५ फागुन । सिन्धुपाल्चोकको चौतारास्थित वल्र्ड भिजन इनटरनेशनलको दुई कार्यालय भवनमा गए राति आगलागी हुँदा करीव रु ९० लाख मूल्य बराबरको धनमाल क्षति भएको छ । भूकम्पपछि क्रियाशील संस्थाका दुई प्रिफ्याब भवनमा लागेको आगो त्यहाँस्थित गोरखबहादुर गण, सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा चौतारा नगरपालिकाको दमकलद्वारा राति नै नियन्त्रणमा...

नौ जनामा भेटियो कुष्ठरोग

कलैया, ५ फागुन । कलैया उपमहानगरपालिकामा नौ कुष्ठरोगी भेटिएका छन् । उपमहानगरपालिका, सामाजिक विभाग महाशाखाले २७ वटै वडामा कुष्ठरोग खोजतलास अभियान चलाउँदा नयाँ चार जना फेला परेको र पुराना पाँच जना कुष्ठरोगी रहेको जनाएको छ । गत माघ २१ देखि २५ गतेसम्म एक लाख १५ हजार ६१६ महिला, पुरुष...

मिर्गौला प्रत्यारोपणमा ९८ प्रतिशत सफलता

भक्तपुर, ५ फागुन । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र ९मानव अंग प्रत्यारोपण केन्द्र० भक्तपुरले चार सयभन्दा बढी मिर्गौला प्रत्यारोपण सफलताका साथ सम्पन्न गरेको छ । शुक्रबार यहाँ आयोजित पत्रकार सम्मेलनमा केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठले विकेन्द्रले अहिलेसम्म ४०४ जनालाई सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गरेको जानकारी दिनुभयो । केन्द्रले विसं...

तिलोत्तमा गोल्डकप फागुन २४देखि

बुटवल, ५ फागुन । पुरानो तथा प्रतिष्ठित तिलोत्तामा गोल्डकपको २०औँ संस्करण फागुन २४देखि चैत ३ गतेसम्म बुटवल– ११ देवीनगरमा हुने भएको छ । जिल्ला फुटबल संघ रुपन्देहीको आयोजनामा विगतका वर्षमा जस्तै यस वर्ष पनि सो गोल्डकप सञ्चालन हुन लागेको शुक्रबार बुटवलमा पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ । प्रतियोगिताको...