समाचार

बन्दुक बिसाएपछि बने जिल्लाकै उत्कृष्ट कृषक

लिबाङ, रोल्पा, ४ फागुन । दशवर्षे सशस्त्र युद्धका बेला देश र जनताको मुक्तिका लागि भन्दै बन्दुक बोकेर हिँडेका सुकिदह–३, जिनाबाङ, रोल्पाका लोकमान वली हिजोआज रोल्पामा उत्कृष्ट बाख्रापालक कृषक बन्नुभएको छ । “बाख्रासँग खेल्दाको मजा नै बेग्लै हुन्छ,” उहाँले भन्नुभयो । बाख्रा पालनबाट वलीको दैनिकी मात्र फेरिएको छैन जीवनस्तरमा पनि...

प्रदेश राजधानी हेटौँडालाई थोत्रो गाडी, माग गरेको गाडी आएन

मकवानपुर, ४ फागुन । प्रदेश नम्बर ३ को राजधानी मकवानपुरको हेटौँडामा सातै मन्त्रालयहरु स्थापना गरिएता पनि कर्मचारी नआएर काम रोकिएको अवस्थामा मन्त्रालयका लागि माग भएका सवारी उपलब्ध नहुँदा थप समस्या भएको छ । ७ मन्त्रालय स्थापना र पाँच मन्त्रालय सञ्चालन भइसक्दा पनि माग अनुसार गाडी नहुँदा थप समस्या भएको...

उद्योग वाणिज्य संघको खुल्न सकेन ताला

वालिङ, स्याङ्जा, ४ फागुन । गत शुक्रबारदेखि वालिङ उद्योग वाणिज्य संघको मूलद्वारमा लगाइएको ताला खुल्न सकेको छैन । नयाँ सदस्य थपको विषयलाई लिएर नेपाली काँग्रेस र नेकपा (एमाले) निकटका दुई पक्षबीच विवाद भएपछि माघ २१ गते दुवै पक्षबाट आएका आवेदनलाई सिलबन्दी गरी राखिएको थियो भने गत शुक्रबारदेखि संघको मूलद्वारमै...

प्रधानमन्त्रीलाई भारतीय प्रधानमन्त्री मोदीको बधाई तथा भारत भ्रमणको निम्तो

भक्तपुर, ४ फागुन । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई तथा शुभकामना दिनुभएको छ । मोदीले बिहीबार राति १०ः३० बजे टेलिफोन गरेर प्रधानमन्त्री ओलीलाई सफल कार्यकालको शुभकामना दिँदै भारत भ्रमणको निम्तोसमेत दिनुभएको ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार भारतीय प्रधानमन्त्री मोदीले...

बौद्धिक अपांगता भएका विद्यार्थीलाई छात्रावास

बाबियाचौर, म्याग्दी, ४ फागुन । बेनी नगरपालिका–५, बगुवाखोलामा रहेको बालजागृति आधारभूत विद्यालयको बौद्धिक अपांगता स्रोत कक्षाको छात्रावास भवन निर्माण भएको छ । प्लान इन्टरनेशनल नेपालको सहयोगमा अपांग संघ, म्याग्दीद्वारा सञ्चालित समावेशी शिक्षा प्रवद्र्धन परियोजनाअन्तर्गत तीनकोठे भवन निर्माण भएको हो । प्लान इन्टरनेशनलको रु ५५ लाख ६२ हजार १८ सहयोग...

पानी लिफ्टिङ गरेर डुंगा सञ्चालन

रामपुर, पाल्पा, ४ फागुन । मिनी फेवातालको नामले प्रख्यात पाल्पा रामपुरको तालपोखरामा कालीगण्डकीको पानी लिफ्टिङ गरेर डुंगा सञ्चालन गरिएको छ । फेवातालको स्वरुपमा निर्मित यस कृत्रिम तालपोखरामा अहिले डुंगा सञ्चालनमा ल्याइएपछि आन्तरिक पर्यटकको आकर्षण ह्वात्तै बढेको छ । स्थानीय कुलो, नहरको पानीबाट यहाँ दुईवटा डुंगा शुरु गरिएको हो ।...

थारू संस्कृतिमा लोभिन्छन् सौराहा आउने पर्यटकहरु

रत्ननगर, चितवन, ४ फागुन । चितवनको सौराहामा आएका स्वदेशी तथा विदेशी पर्यटकहरु थारू संस्कृतिमा लोभिने गरेका छन् । थारूको मौलिक नृत्य, रहनसहन र गीत–संगीतमा पर्यटकको मोह हुने गरेको थारू अगुवा वासुदेव चौधरी बताउनुहुन्छ । सौराहा आएका अधिकांश पर्यटक बुधबार राति थारू संस्कृतिमा रमाएका भेटिए । दुईवटा थारू कल्चर हाउस...

चुरेको फेदीमा भेटियो महिलाको शव

कञ्चनपुर, ४ फागुन । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ चुरे फेदीमा बिहीबार करिब ३५ वर्षीया महिलाको शव फेला परेको छ । शव सडेगलेको अवस्थामा फेला परेकाले पहिचान हुन नसकेको इलाका प्रहरी कार्यालय झलारीले जनाएको छ । शवबारे अनुसन्धान कार्यअगाडि बढाइएको प्रहरीले जनाएको छ । रासस

प्रदेश राजधानी हेटौँडामा आउन अटेर गर्दै कर्मचारी, दैनिक काम रोकिएर हाहाकार

हेटौँडा, ४ फागुन । प्रदेश नम्बर तीनको राजधानी हेटौंडामा सबै मन्त्रालयहरु स्थापना भईसकेका छन् । मुख्यमन्त्री डोरमणि पौडेलसहित भांैतिक पूर्वाधार विकास मन्त्री केशव स्थापित र आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्मरकटेलले पदभार ग्रहण पनि गरिसकेका छन् । तर मन्त्रालयमा खटाइएका कर्मचारी आजसम्म पनि नआएपछि अहिले हेटौँडामा काम गर्न...

एक आमाले जन्माइन् तिम्ल्याहा सन्तान, बच्चाहरुको अवस्था गम्भीर

तेह्रथुम, ४ फागुन । तेह्रथुममा एक आमाले तिम्ल्याहा सन्तान जन्माएकी छिन् । फेदाप गाउँपालिका–१, सिम्लेकी ३२ बर्षीया मेनुका खनाल कार्कीले विहिबार तीन बच्चा जन्माएकी हुन् । सिम्लेस्थित स्वास्थ्य चौकीमा सामान्य प्रसूतिबाटै बच्चा जन्मिए पनि बच्चाहरुको स्वास्थ्य अवस्था भने गम्भीर रहेको स्वास्थ्यकर्मीहरुले बताएका छन् । मेनुकाले सामान्य प्रसूति सेवाबाटै एकै...