समाचार
किशोरीहरुको उज्ज्वल जीवनको निर्माणमा सघाउ पुराउन १७ जना सहजकर्ता गाउँगाउँमा
मकवानपुर, ३ फागुन । मकवानपुर र रौतहटमा किशोरीहरुको उज्ज्वल जीवन निर्माणका लागि सघाउ पु¥याउने सहजकर्ता तयार पार्न आयोजना गरिएको तालिम समापन भएको छ । बाल कल्याण समाज मकवानपुर र सोडेक नेपाल रौतहटको संयुक्त आयोजना तथा प्लान इन्टरनेशल नेपाल मकवानपुरको सहयोगमा रौतहटका १० जना र मकवानपुरका ७ जनालाई सहजकर्तालाई प्रदान...
मकवानपुरगढीका विद्यार्थीलाई स्कूल ब्याग, कृषकलाई अभिमुखीकरण
मकवानपुरगढी, ३ फागुन । मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर ६ मा अवस्थित ईश्वरी प्राथमिक विद्यालयका विद्यार्थीहरुलाई बिहीबार स्कूल ब्याग वितरण गरिएको छ । फ्रेब्रुअरी महिनालाई आयो नुनको महिनाका रुपमा मनाउने क्रममा साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड हेटौंडाले विद्यालयका सबै विद्यार्थीहरुलाई दुई बालबालिका चिन्ह भएको स्कुल ब्याग वितरण गरिएको शाखा प्रवन्धक...
यसरी सुरु भयो गणपति तालिम
काठमाडौं, ३ फागुन । राष्ट्रिय सशस्त्र प्रहरी बल नेपाल प्रशिक्षण प्रतिष्ठान मातातीर्थ काठमाडौंमा सि.सं. २ गणपति (बटालियन कमाण्डर) तालिम संचालन भएको छ । उक्त तालिमको सोही प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेलले फागुन ३ गते एक कार्यक्रमका बीच उद्घाटन गर्नुभयो । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पौडेलले...
प्रम ओलीले गरे शपथ ग्रहण
काठमाडौँ, ३ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपालको संविधानबमोजिम आज साँझ पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा साँझ ५ बजे आयोजित विशेष समारोहमा उहाँले शपथ लिनुभएको हो । समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश गोपाल पराजुली,...
बसको ठक्करबाट दुईजनाको मृत्यु
दाङ, ३ फागुन । लमही नगरपालिका–६ स्थित घोराही–लमही सडकखण्डको वेल्दमार मोडमा बसको ठक्करबाट दुईजनाको मृत्यु भएको छ । आज दिउँसो काठमाडौँबाट तुलसीपुर जान लागेका ना६ख २३३१ नंको बसले घोराहीबाट लमही आउँदै गरेको रा४प २९९९ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको लमही वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक...
प्रदेश नं १ को उपसभामुखमा पोखरेल
विराटनगर, ३ फागुन । प्रदेश नं १ को उपसभामुख पदका एकल उम्मेदवार सरस्वती पोखरेललाई प्रदेश सांसदको बैठकले सर्वसम्मत अनुमोदन गरेको छ । संसद्को आजको बैठकमा उहाँको नाम अनमोदनका लागि प्रस्ताव टेबुल भएको थियो ।इन्द्रमणि पराजुलीको समर्थनमा प्रस्तावक रामकुमार राईले उहाँलाई उपसभामुख पदमा मनोनयन गर्न प्रस्ताव गर्नुभएको थियो । आजै...
टिकेन पाँच वर्ष पनि सिँचाइ योजना
जाजरकोट, ३ फागुन । करिब रु २३ लाख खर्चेर निर्माण गरिएको सिँचाइ योजना पाँच वर्ष नबित्दै प्रयोगविहीन भएको छ । नलगाड नगरपालिका–८ हल्चौरमा रहेको सिँचाइ योजना प्रयोगविहीन अवस्थामा छ । स्थानीय मुलाखोला मुहानबाट पानी ल्याई हल्चौर गाउँका ३०० भन्दा बढी घरधुरीलाई सिँचाइ सुविधा उपलब्ध गराउन सिँचाइ योजना निर्माण गरिएको...
जनताको आस्था नै प्रहरीको मूलधन
मंगलबारे, इलाम, ३ फागुन । प्रहरी महानिरीक्षक प्रकाश अर्यालले जनताको आस्था नै प्रहरीको मूलधन भएको बताउनुभएको छ । जिल्ला प्रहरी कार्यालयको नवनिर्मित भवन उद्घाटनका क्रममा उहाँले सोे कुरा बताउनुभएको हो । प्रहरी महानिरीक्षक अर्यालले भन्नुभयो, “शान्ति सुरक्षा केबल चिया पसल र चोकमा चर्चा र सरोकारको विषयमात्र नभई नागरिक सहभागिता...
गरिबी र अशिक्षाले समस्याग्रस्त गाउँ
तेह्रथुम, ३ फागुन । जिल्लाको छथर गाउँपालिका–३, पञ्चकन्याको ज्यामिरे बस्ती गरिबी र अशिक्षाले जकडिएको छ । बालविवाह, वर्षेनी सुत्केरी , उचित खानपान, हेरचाह र स्याहारसुसारमा कमी, विद्यालयमा अनियमितताजस्ता कुरा यहाँका बासिन्दाका लागि सामान्य लाग्छन् । सिंगो गाउँ गरिबी र अशिक्षाको सिकार बनेको छ । गरिबीले सबैका घरमा बिहान खाए...
श्रीमानले कुटेर गर्यो श्रीमतीको हत्या
भीमदत्तनगर, ३ फागुन । कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ दयाअमरपुर मुक्तकमैया शिविरका ४८ वर्षीय बिरु डगौराले श्रीमतीको कुटपिट गरी हत्या गरेका छन् । बुधबार राति मजदुरी गरेर घर फर्किएका बिरुले ४५ वर्षीया श्रीमती लाहु डगौरालाई कुटपिट गरी हत्या गरेका हुन् । “घरमा श्रीमती मादक पदार्थ सेवन गरेर खाना नपकाइ बसेको भन्दै...









