समाचार

सम्पर्कविहीन खरेल सुरक्षित

नवलपरासी, ५ फागुन । झण्डै दुई सातादेखि बेपत्ता भनिएका नवलपरासी (बर्दघाट–सुस्ता पूर्व),गैँडाकोट नगरपालिका, अमरापुरीका बालकृष्ण खरेल आफैँ भारतमा लुकेर बसेको प्रहरीले जनाएको छ । खरेलको अपहरण नभई आफू स्वयं भारतमा रहेको अनुसन्धानका क्रममा फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपरासी ९बर्दघाट–सुस्ता पूर्व०का प्रहरी उपरीक्षक दीपेन्द्र जिसीले जानकारी दिनुभयो । खोजतलासका...

शिवम् सिमेन्ट खानी स्थानीयद्वारा बन्द, प्रभावित सरोकार समितिले सार्वजनिक सुनुवाई गर्ने

मकवानपुर, ४ फागुन । शिवम् सिमेण्टको खानीका कारण विभिन्न समस्या झेलिरहेकाहरुको स्थानीयले सार्वजनिक सुनुवाई गर्ने भएका छन् । साथै उद्योगले सहमति कार्यान्वयन नगरेको भन्दै खानी समेत बन्द गरेको संचारकर्मी सुनिल गौतमले बताएका छन् । सार्वजनिक सुनुवाईका लागि शुक्रबार शिवम सिमेन्ट खानी प्रभावित वस्ति संरक्षण एवं ब्यवस्थापन सरोकार समितिले सार्वजनिक...

तेस्रो लिङगी बताउने नितसा नगद लुटेर भाग्दै गर्दा पक्राउ

काठमाडौँ, ४ फागुन । काठमाडौं महानगरपालिका–२६ ठमेलस्थित संचयकोष चोक नजिक गल्लीबाट नगद लुटी भाग्दै गरेको अवस्थामा काठमाडौं लाजिम्पाट बस्ने चितवन भरतपुर–२ की २० वर्षीया नितसा परियारलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । आफूलाई तेस्रो लिङगी बताउने नितसा समेतका ५ जनाले सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–१२ बस्ने ३४ वर्षीय सोमराज घलानको...

मुख्यमन्त्री, सभामुख र मन्त्रीद्वारा शपथ ग्रहण

पोखरा, ४ फागुन । प्रदेश नं ४ का मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ, सभामुख नेत्रनाथ अधिकारी र मन्त्री रामशरण बस्नेतले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । प्रदेश प्रमुखको पोखरास्थित सरकारी निवासमा प्रदेश प्रमुख बाबुराम कुँवरले उहाँहरूलाई शपथ ग्रहण गराउनुभयो । शपथ ग्रहण समारोहमा प्रदेशसभाका ज्येष्ठ सदस्य जनकलाल...

जीर्ण काठका विद्युतीय पोल विस्थापित

बनेपा, ४ फागुन । काभ्रेपलाञ्चोकका विभिन्न नगरपालिका तथा गाउँपालिकामा वाषौँदेखि जीर्ण अवस्थामा रहेका काठको विद्युतीय पोल विस्थापन भएका छन् । जिल्लाको नमोबुद्ध नगरपालिका, मण्डनदेउपुर नगरपालिका, बेथानचोक गाउँपालिका, भुम्लु गाउँपालिका, धुलिखेल नगरपालिका, बनेपा नगरपालिका, पनौती नगरपालिकालगायतका स्थानमा विद्युत् चुहावट रोक्नाका साथै दिगो र सुरक्षित बनाउन विद्युत्को फलामे पोल खडा गरिएको...

तीन हजार बिरामीको गरियो स्वास्थ्य परीक्षण

डडेल्धुरा, ४ फागुन । नवदुर्गा गाउँपालिकाले सञ्चालन गरेको १० दिने एकिकृत स्वास्थ्य शिविरमा तीन हजार २०७ विभिन्न किसिमका बिरामीको स्वास्थ्य परीक्षण गरिएको छ । नवदुर्गा गाउँपालिकाको आयोजनामा गाउँपालिकाको पाँचवटै वडामा सञ्चालन भएको उक्त एकिकृत स्वास्थ्य शिविरमा दाँत, आँखा, पाठेघर लगायतका बिरामीको उपचार गरिएको थियो । गत माघ २१ गतेदेखि...

प्राधिकरणले काट्यो ४८७ जनाको लाइन

राजविराज, ४ फागुन । नेपाल बिद्युत् प्राधिकरण वितरण केन्द्र, राजविराजले लामो समयदेखि बाँकी बक्यौता नबुझाउने ४८७ जना ग्राहकको विद्युत् लाइन काटेको छ । प्राधिकरणका प्रमुख चन्द्रनारायण साहले दिनुभएको जानकारी अनुसार लामो समयदेखि बिद्युत् महसुल नतिरेका जिल्लाभरिका करिब साउनदेखि हालसम्म ४८७ जनाको लाइन काटिएको जानकारी दिनुभयो । त्यस्तै, साउनदेखि हालसम्म...

भारतीय च्यानलका शोसम्म पुगेका मकवानपुरका सरोज छमछमीको विजेता

मकवानपुर, ४ फागुन । आकर्षक नृत्यकला भएका मनहरी–७ निवासी सरोज प्रजा नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएको रियो छमछमीको तेस्रो संस्करणको विजेता बनेका छन् । घोषित नतिजाअनुसार उनले २ लाख ७४ हजार ७ सय ७४ एसएमएस प्राप्त गरेर विजेता बनेका हुन् । उनले डाट्सन रेडी गो कार पुरस्कार पाएका छन्...

ट्रक दुर्घटनामा तीनको मृत्यु

सिन्धुपाल्चोक, ४ फागुन । सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका–६ बोर्डरलाइनमा आज बिहान ट्रक दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । तातोपानीबाट बाह्रबिसे आउँदै गरेको बा ४ ख २८१२ नंको आइचर ट्रक अरनिको राजमार्गबाट ५० मिटर तल भोटेकोशी नदीमा खसी दुर्घटना भएको हो । दुर्घटनामा परी बाह्रबिसे नगरपालिका–८, मानेस्वराका ३५ वर्षीय...

शे–फोक्सुण्डो तालको गहिराइ पुनः मापन हुने

दुनै, डोल्पा, ४ फागुन । डोल्पामा पर्ने नेपालकै सबैभन्दा गहिरो शे–फोक्सुण्डो तालको गहिराइ पुनः मापन गरिने भएको छ । शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा पर्ने ६५० मिटर गहिरो उक्त तालको गहिराइ पुनःमापन गरिने जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ । उक्त तालको गहिराइ मापन पहिलो पटक २०३६ सालमा भएको...