समाचार
दृष्टिविहीन भए पनि गाएरै परिवार पालेको छु
काठमाडौँ, ३ फागुन दृष्टिविहीन कमल रायमाझीले सडक, पेटी वा चोकमा गीत गाएर दिनमा कम्तीमा रु पाँचसय आम्दानी गर्नुहुन्छ । त्यसरी चोकहरुमा गीत गाएर कमाएको पैसाले नुवाकोटका कमलले आफ्ना तीन छोरा/छोरी र श्रीमतीको समेत पालनपोषण गर्दै आउनुभएको छ । “बिहान दश बजेपछि प्रत्येक दिनजसो काठमाडौँका विभिन्न सडकमा अरूले गाएका गीतको...
हिमपात हुँदा जनजीवन कष्ट बनेपनि स्थानीयवासी हर्षित
सल्लेरी, सोलुखुम्बु, ३ फागुन । सोलुखुम्बुको माथिल्लो क्षेत्रमा हिमपात भएको छ । जिल्लाको खुम्बु क्षेत्रसहित नेले, काँगेल, सोताङ, काकु, बासा लगायतका क्षेत्रमा अत्यधिक हिमपात भएको छ । सगरमाथाको काखमा रहेको चौँरीखर्क, नाम्चेमा मंगलबारदेखि नै हिउँ परेको लुक्लाबाट लाखवीर तामाङले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “मंगलबारदेखि हिउँ परेको छ ।”...
प्रदेश नं ६ मा सात वटा मन्त्रालय स्थापना गरियो
सुर्खेत, ३ फागुन । प्रदेश नं ६ मा बिहीबार सात वटा मन्त्रालय स्थापना गरिएका छन् । प्रदेश मुख्यसचिव सुरेश प्रधानले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित छ मन्त्रालय स्थापना गरिएको बताउनुभयो । प्रदेश नं ६ प्रदेशमा सात वटा मन्त्रालय रहने छन् । दुई साताअघि नै क्षेत्रीय प्रशासन कार्यालय भवनमा मुख्यमन्त्री तथा...
केपी ओली बने नेपालको प्रधानमन्त्री
काठमाडौँ, ३ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई नियुक्त गर्नुभएको छ । एमालेका अध्यक्ष ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हस्ताक्षर गर्नुभएको प्रतिनिधिसभाका बहुमत सदस्यको समर्थनसहितको पत्र बुझाएको केहीबेर पछि राष्ट्रपतिले ओलीलाई नेपालको संविधानको धारा ७६ (२) बमोजिम...
विद्यूत चोरी गर्ने ८ जना पक्राउ
विराटनगर, ३ फागुन । विद्युत् चुहावट नियन्त्रण अभियानअन्तर्गत मोरङको कटहरी गाउँपालिका–६ बाट नेपाल विद्युत् प्राधिकरण र प्रहरीको संयुक्त टोलीले विद्युत् चोरीमा संलग्न भएको आरोपमा आठ जनालाई नियन्त्रणमा लिएको छ । प्राधिकरण विराटनगर र मोरङ जिल्ला प्रहरी कार्यालयबाट बुधबार राति ११ बजे निस्किएको संयुक्त गस्ती टोलीले हुकिङ गरी विद्युत् चोरी...
माछा पालन गरेर लाखौँको आम्दानी
–शेरबहादुर सिंह भीमदत्तनगर, ३ फागुन । पछिल्ला वर्षहरुमा कञ्चनपुरमा व्यावसायिक माछापालनतर्फ किसानको आकर्षण बढ्दै गइरहेको छ । किसानमा माछापालनसँगै प्राविधिक ज्ञानको स्तर पनि बढिरहेको छ । जिल्ला कृषि विकास कार्यालयका मत्स्य अधिकृत मोहनबहादुर चन्दले किसानमा माछापालनप्रति आकर्षण बढ्दै गइरहेको बताउनुभयो । उहाँले जिल्लाको बेदकोट, कृष्णपुर, बेलौरी, पुनर्वास, भीमदत्तनगरपालिका, शुक्लाफाँटा...
बाख्रा हेर्न गएकी बालिका बलात्कृत
काठमाडौँ, ३ फागुन । लमजुङमा सुस्त मनस्थितिकी एक बालिका बलात्कारमा परेकी छन् । आजको अन्नपूर्ण पोस्टमा यो खबर छापिएको छ । ११ बर्षीया बालिकालाई बनेपा धुलिखेल स्थायी घर भई हाल राइनास नगरपालिका ६ बस्ने ५६ बर्षीय ज्ञानबहादुर लामाले जबरजस्ती करणी गरेको लमजुङ प्रहरी प्रमुख डीएसपी पदमबहादुर विष्टले बताए ।...
प्रधानमन्त्री देउवाले राजीनामा दिने
काठमाडौँ, ३ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार (आज) बिहान राष्ट्रको नाममा सम्बोधन गरी राजीनामा दिने तयारी गरेका छन् । प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारका अनुसार, पहिला मन्त्रिपरिषदको अन्तिम बैठक बस्ने छ । आजको नागरिक दैनिकमा खबर छ । त्यसपछि पधानमन्त्रीले राष्ट्रको नाममा सम्बोधन गरेर राष्ट्रपतिसमक्ष राजीनामा बुझाउनुहुनेछ ।...
रेडियो थाहा सञ्चारद्वारा अग्निहोत्री आश्रमलाई धार्मिक पुस्तक सहयोग
मकवानपुर, २ जेठ । विन्दवासिनी मिडिया प्रालिद्वारा सञ्चालित रेडियो थाहा सञ्चारले आफ्नो दशौं बार्षिकोत्सवको अवसरमा सप्ताहव्यापी कार्यक्रम सुरु गरेको छ । रेडियोले आज दोस्रो दिन रजैयास्थित अग्नीहोत्री आश्रमलाई धार्मिक पुस्तक वितरण गरेको छ । शुक्र नीति, शुक्ल एर्जुवेद संहिता, चाणक्य नीति, कौटिल्य अर्थशास्त्र,नारादिय पूराणाम, कर्मकाण्ड प्रद्दिप, कात्यायन शुल्बब शुत्र...
हेटौँडाको रातामाटेबाट दुई जना पक्राउ
मकवानपुर, २ फागुन । प्रदेश नम्बर ३ को राजधानी मकवानपुरको हेटौँडा–१५ रातोमाटेबाट प्रहरीले २ जनालाई लागुऔषध सहित पक्राउ गरेको छ । प्रहरीले बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ८ बस्ने २८ वर्षीय जगदिश राम र वडा नम्बर ७ बस्ने २० वर्षीय राजन साहलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका...








