समाचार
हिँडे मौरी किसान चिउरी खोज्दै पहाडतिर
रत्ननगर चितवन, २ फागुन । चिउरी फूल्ने मौसम भएकाले चितवनका मौरीपालक किसान मौरी चराउन पहाड लागेका छन् । मुख्यगरी मौरीले मह पार्ने मौसम भएकाले फूलको नजिक घार बोकेर किसान पहाड पुगेका हुन् । चिउरीको फूल फूल्ने बेला भएकाले उनीहरु चिउरी खोज्दै गाउँ पुगेका हुन् । चितवनको शक्तिखोर सिद्धी क्षेत्रमा...
पुनःनिर्माणका लागि भत्काइयो गोरखा दरबार
गोरखा, २ फागुन । भूकम्पले क्षति पुगेको ऐतिहासिक महत्व बोकेको गोरखा दरबार भत्काइएको छ । करिब चार सय वर्ष पुरानो गोरखा दरबार भत्काएर जगदेखि नै पुनःनिर्माण गर्न लागिएको हो । विसं १९९० को भूकम्पले क्षति नपुगेको दरबार बारपाक केन्द्र रहेर २०७२ बैशाख १२ मा गएको गोरखा भूकम्पले क्षति पुगेको...
पेशाबाट भयो सिंगो समुदाय नै विस्थापित
पाल्पा, २ फागुन । रिब्दीकोट गाउँपालिकास्थित कुसुमखोलाका दलित समुदाय बाँसका सामग्री बनाउने पेशाबाट विस्थापित भएका छन् । घरमा उत्पादन गरेका बाँसका सामग्री घरबाट बिक्री नभएपछि गाउँगाउँमा लैजानुपर्ने बाध्यता नहटेपछि अहिले बाँसका सामग्री बनाउने पेशाबाट विस्थापित हुन पुगेका हुन् । बजारको उचित व्यवस्था नहुँदा नयाँ पुस्ता यस पेशामा आकर्षित हुन...
विश्वकप छनोट खेल्न आज नेपाललाई जित्नैपर्ने दबाब
काठमाडौँ, २ फागुन । सन् २०१९ मा इङ्ल्याण्डमा हुने विश्वकप क्रिकेटको छनोट खेल खेल्नका लागि नेपाललाई आज क्यानाडामाथि जित निकाल्नै पर्ने दबाब परेको छ । आइसिसी विश्व क्रिकेट लिग डिभिजन टु अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल र क्यानाडाबीच आज दिउँसो प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समयअनुसार दिउँसो १ः१५...
चट्याङ लागेर २२ जना घाइते
बैतडी, २ फागुन । चट्याङ लागेर बैतडीमा नेपाली सेनाका २२ जना घाइते भएका छन् । मंगलबार साँझ ७ बजेर ५० मिनेट जाँदा परेको चट्याङले शत्रुमर्दन गुल्मअन्तर्गत कठपतेमा तालीम गरिरहेका सेनाका जवान घाइते भएको शत्रुमर्दन गुल्मका गुल्मपति, सेनानी सुदीप बानियाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “घाइतेमध्ये पाँचजनाको अवस्था गम्भीर छ...
कारको ठक्करबाट वृद्धको मृत्यु
पथरी, मोरङ, २ फागुन । पूर्वपश्चिम लोकमार्गअन्तर्गत मोरङको सुन्दरहरैचा नगरपालिका–७ मा मंगलबार साँझ कारको ठक्करबाट सो नगरपालिका–३ का ७२ वर्षीय विष्णु सुब्बाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक विष्णुहरि कोइरालाका अनुसार पश्चिमतिर जाँदै गरेको बा १८ च २२४० नंको कारले साइकलयात्री सुब्बालाई साँझ ६ः००...
ट्र्याक्टरको ठक्करले छोराको मृत्यु, आमा गम्भीर घाइते
गौशाला, २ फागुन । महोत्तरी जिल्लाको लोहारपट्टी नगरपालिकामा गएराति ट्र्याक्टरले बाटो काट्दै गरेका आमाछोरालाई ठक्कर दिँदा छोराको मृत्यु भएको छ भने आमा गम्भीर घाइते भएकी छिन् । जिल्ला प्रहरी कार्यालय, महोत्तरीका प्रहरी उपरीक्षक कुबेर कडायतका अनुसार गएराति करिब ७ः०० बजे लोहारपट्टी नगरपालिका–१ बगरा बस्ने उर्मिला यादव र उनका छोरा...
बहुविवाह बढ्दो भए पनि उजुरी न्यून
लिबाङ, रोल्पा, २ फागुन । रोल्पामा बहुविवाहको क्रम बढ्दो भए पनि बहुविवाहविरुद्ध न्यून उजुरी पर्ने गरेको छ । जिल्ला अदालत रोल्पाको तथ्यांकअनुसार दुई आवमा तीनवटा मात्र बहुविवाहका मुद्दा दर्ता भएका छन् जसअन्तर्गत यस आवमा दुईवटा तथा गत आवमा एउटा मात्र बहुविवाहको मुद्दा दर्ता भएको मुद्दा फाँटका नायब सुब्बा दामोदर...
म्याग्दीका शिक्षकले पाएनन् तलब
बाबियाचौर, म्याग्दी, २ फागुन । म्याग्दीका तीनवटा स्थानीय तहका शिक्षकले चालु आर्थिक वर्षको दोस्रो चौमासिकको तलब अझै पाउन सकेका छैनन् । बेनी नगरपालिका, रघुगंगा र अन्नपूर्ण गाउँपालिकामा रहेका सामुदायिक विद्यालयका शिक्षक, विद्यालय कर्मचारी र बालशिक्षा सहयोगी कार्यकर्ताले गत मंसिरमै पाउनुपर्ने तलब अझै नपाएका हुन् । स्थानीय तहका जनप्रतिनिधिको बेवास्ता,...
विकाससंगै मासिन थाले पुराना चौतारी
रामपुर, पाल्पा, २ फागुन । परम्परादेखि गाउँघरमा स्थानीयले संरक्षण र जगेर्ना गर्दै आइरहेका चौतारी मासिनेक्रम बढ्दो छ । गाउँमा विकास निर्माणका काम हुँदै जाँदा पुराना चौतारी मासिन थालेका हुन् । गर्मीको समयमा शीतलता प्रदान गर्न, बाटो हिँड्ने बटुवालाई आराम गर्नका लागि गाउँघरमा लगाइएका वरपिपलसहितका चौतारीहरु अहिले विकास निर्माणका नाममा...








