समाचार
बनाए माविका विद्यार्थीले ड्रोन
दमौली, तनहुँ, २ फागुन । तनहुँको म्याग्दे गाउँपालिकास्थित मेघदह अंग्रेजी माविका विद्यार्थीले ड्रोन बनाएर मंगलबार प्रदर्शन गरेका छन् । विद्यालयको २९औँ वार्षिकोत्सवका अवसरमा ती विद्यार्थीले ड्रोन बनाएर प्रदर्शन गरेका हुन् । प्रदर्शनीमा विद्यार्थीले विज्ञानका विभिन्न उपकरण निर्माण गरी अभ्याससमेत गरेका थिए । ड्रोन क्यामेरा, हाइड्रोलिक जेसिवि, हाइड्रोलिक लिफ्ट, हाइड्रोलिक...
दाङमा दुई करोडको कृषि फार्म
तुलसीपुर, दाङ, २ फागुन । पश्चिम दाङमा रु दुई करोड भन्दा बढीको लगानीमा कृषि फार्म उद्घाटन गरिएको छ । मंगलबार महाशिवरात्रिको अवसर पारी तुलसीपुर–८, अश्वारामा रहेको शिवमाया बहुउद्देश्यीय कृषि फार्मको उद्घाटन गरिएको हो । विशेष गरी स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न केराबाट उत्पादित चिप्स, अचार र विभिन्न परिकारका नमकिन उत्पादन...
मकवानपुरले राजधानीसँगै मुख्यमन्त्री पाएकोमा एमाले खुशी, राजधानी कायम राख्न जोड
हेटौँडा, २ फागुन । प्रदेश नम्बर ३ को राजधानी मकवानपुरको हेटौँडालाई तोकिएको र मुख्यमन्त्री समेत मकवानपुरकै स्थानीयले पाएको भन्दै नेकपा एमाले मकवानपुरले खुशी व्यक्त गरेको छ । मुख्यमन्त्री डोरमणि पौडेलसहित एमालेका तर्फबाट प्रतिनिधिसभा सदस्य बनेका सांसदद्वयको स्वागत तथा सम्मान कार्यक्रमको आयोजना गर्दै एमाले मकवानपुरले मिठाई समेत बाँडेको छ ।लड्डु...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिक आगलागी
काठमाडौँ, १ फागुन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पश्चिमपट्टिको फोहर डम्पिङ क्षेत्रमा आगलागी हुँदा केही बेर उडान प्रभावित भएको छ । आन्तरिकतर्फको कार पार्किंग नजिक गल्फ कोर्षसँगै रहेको फोहरको डंगुरमा अपराह्न ४ः३० बजे आगलागी भएको थियो । आगलागीका कारण नौ मिनेट विमानस्थलबाट हुने सबै उडान अवतरण रोकिएको विमानस्थलका प्रवक्ता प्रेमनाथ...
बाग्मती गाउँपालिका गोल्डकप : आयोजकलाई हराउँदै हरिहरपुर फाईनलमा प्रवेश
-चन्द्र घलान मकवानपुर, १ फागुन । ‘प्रथम बाग्मती गाउँपालिका गोल्डकप फुटबल प्रतियोगिता’ को पहिलो सेमिफाईनलमा आयोजक बाग्मती गाउँपालिका खेलकुद विकास समितिलाई पराजित गर्दै हरिहरपुर गाउँपालिका खेलकुद विकास समिति फाईनलमा प्रवेश गरेको छ । खेलको निर्धारित समयमा दुबै टिमबाट कुनै गोल नभएपछि ट्राईब्रेकरको आधारमा खेलको फैसला गरिएको त्यहाँस्थित सूर्य माविका...
हेटौँडाको दक्षिणकाली र मनकामना जाने बाटो ढलान हुँदै
मकवानपुर, १ फागुन । हेटौँडा उपमहानगरपालिका वडानंम्बर ५ मा दुईवटा सडकमा स्लाब ढलान गरिने भएको छ । हेटौँडा ५ को दक्षिणकाली जाने सडकको मंगलबार स्लाब ढलान गर्नका लागि उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले सिलान्याश गरेका छन् । अर्को सडकको भने भोलिबाट काम सुरु गरिने बताइएको छ । दक्षिणकाली जाने सडकको...
चौतर्फी आलोचना भएपछि हेटौँडाका मेयरले मुख खोले
मकवानपुर, १ फागुन । नगर विकासको जग्गा ३ नम्बर प्रदेशका सांसदहरुलाई सस्तो र किस्ता बन्दीमा दिने भन्ने हल्ला भएपछि त्यसको बचाउ गर्दै हेटौँडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले सस्तोमा नभई चलनचल्तीकै भाउमा दिने निर्णय भएको बताएका छन् । हेटौंडा नगर विकास समितिको स्वामित्वमा रहेको जग्गा तीन नंम्बर प्रदेशका सांसदहरुलाई चलनचल्तीको...
काठमाडौँ भत्काएका भौतिक पूर्वाधार विकास मन्त्री स्थापितले १०० दिनभित्रमा हेटौँडामा २५ मिटर सडक विस्तार गर्ने
-चन्द्र घलान मकवानपुर, १ फागुन । सोमबार मात्र प्रदेश नम्बर ३ मा भौतिक पूर्वाधार विकास मन्त्रीमा नियुक्त भई पदभार ग्रहण गरेका भौतिक पूर्वाधार विकास मन्त्री केशव स्थापितले हेटौँडा बजार क्षेत्रमा विभिन्न समयमा विभिन्न कारणले रोकिएको २५ मिटर सडक विस्तार योजनालाई सुचारु गर्ने भएका छन् । सोमबार सपथ ग्रहण गरिसकेपछि...
तरकारी खेती गर्न नगरपालिकाले अनुदान दियो
कञ्चनपुर, १ फागुन । तरकारी खेतीमार्फत युवालाई स्वरोजगार बनाउका लागि बेलौरी नगरपालिकाको कृषि शाखाले अनुदान रकम उपलब्ध गराएको छ । युवा लक्षित कार्यक्रमअन्तर्गत आठजना युवालाई रु ४० हजारका दरले अनुदान रकम उपलब्ध गराइएको हो । एक वर्षमा दुई मौसममा एक बिघा खेतमा व्यावसायिक तरकारी खेती गर्नका लागि अनुदान रकम...
राक्सिराङका १ जना घरबाटै पक्राउ
मकवानपुर, १ फागुन । जिल्ला प्रहरी कार्यालय मकवानपुरले लागुऔषधसहित अर्का एक व्यक्तिलाई पक्राउ गरेको छ । यस अघि ४ जनालाई पक्राउ गरेको प्रहरीले माघ २९ गते बेलुका मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर ८ का मानबहादुर मोक्तानलाई पक्राउ गरेको हो । प्रहरीले दिएको जानकारी अनुसार सोमबार बेलुका विशेष सुचनाको आधारमा...










