समाचार

मुख्य मन्त्रीमा सांसद भट्ट नियुक्त

धनगढी, ३ फागुन । प्रदेश नं ७को मुख्य मन्त्रीमा नेकपा ९माओवादी केन्द्र०का संसदीय दलका नेता त्रिलोचन भट्ट आज नियुक्त हुनुभएको छ । प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख मोहनराज मल्लले नेपालको संविधानको धारा १६८को उपधारा २ बमोजिम माओवादी संसदीय दलका नेता भट्टलाई मुख्य मन्त्रीमा नियुक्त गर्नुभएको हो । मुख्य मन्त्रीको...

जलविद्युत् उत्पादनका लागि चिनियाँ कम्पनीलाई स्वीकृति

काठमाडौँ, ३ फागुन । उद्योग मन्त्रालयले रसुवा जिल्लाको त्रिशूली नदीमा रु २० अर्ब ३८ करोडको लागतमा १०२ मेगावाट क्षमताको जलविद्युत् उत्पादन गर्न चिनियाँ कम्पनीलाई स्वीकृति दिएको छ । औद्योगिक व्यवसाय ऐन, २०७३ को दफा १८ बमोजिम मन्त्रालयमा सोमबार बसेको उद्योग तथा लगानी प्रवद्र्धन बोर्डको २२४ औँ बैठकले चीनको हाइड्रो...

प्रधानमन्त्रीद्वारा राजीनामा

काठमाडौँ, ३ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्री शेरबहादुर देउवाले आज पदबाट राजीनामा दिनुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवास पुगी प्रधानमन्त्री देउवाले राजीनामा दिनुभएको र राष्ट्रपति भण्डारीले कार्यकाल पूरा गरेकामा धन्यवाद दिनुभएको राष्ट्रपतिका सञ्चारविज्ञ माधव शर्माले जानकारी दिनुभयो । निर्वाचन परिणाम राष्ट्रपतिसमक्ष पेश भएपछि नयाँ सरकार गठन प्रक्रिया...

ओलीलाई प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपतिलाई पत्र

काठमाडौँ, ३ फागुन । वाम गठबन्धनले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्रीमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई नियुक्त गर्न दाबीपत्र प्रस्तुत गरेको छ । एमालेका अध्यक्ष ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हस्ताक्षर गर्नुभएको सो पत्र केहीबेर अघि राष्ट्रपति कार्यालय, शीतल निवासमा बुझाइएको हो ।...

भ्यालेन्टाइन डेमा कवि खनालको अनुवाद कविता

काठमाडौँ, ३ फागुन । भ्यालेन्टाइन डे अर्थात् प्रेम दिवस–२०१८ को अवसर पारेर कवि राजेन्द्र खनाल ‘क्षितिज’को शृंगार रसका कविताको संग्रह ‘मृगनयनी’को अंग्रेजी संस्करण बुधबार यहाँ विमोचन गरियो । नेपाल स्रष्टा समाजद्वारा प्रकाशित ‘कर्ड्स अफ रोमान्स’ अनुवाद कविता संग्रहको प्रमुख अतिथि तथा साहित्यकार शैलेन्द्र साकार, साहित्यकार नगेन्द्रराज शर्मा, समाजका अध्यक्ष...

मुस्ताङमा हिमाली गिद्धको बासस्थान पहिचान

ठिनी, मुस्ताङ ३ फागुन । मुस्ताङको घरपझोङ र थासाङ गाउँपालिकाका सात स्थानमा लोपोन्मुख मांसाहारी पक्षी हिमाली गिद्धको बासस्थान पत्ता लागेको छ । ग्लोबल प्राइमेट नेटवर्क र मोडिफिकेशन जोमसोमले ड्रोन क्यामेराको सहायताले गरेको अध्ययनका क्रममा सात स्थानमा ४९ वटा हिमाली गिद्धका गुँड भेटिएको हो । लोपोन्मुख पक्षीको सूचीमा रहेको प्रकृतिका...

मोटरसाइकल दुर्घटनामा एक युवाको मृत्यु

काठमाडौँ, ३ फागुन । मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ । गएराति १।३० बजे रोकिराखेको ना ६ ख ५२१६ नंको ट्रकमा बा ७३ प १८८२ नंको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक बूढानीलकण्ठ नगरपालिका घर भएका २१ वर्षीय सन्तोष कार्कीको मृत्यु भएको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका सहप्रवक्ता मुकुन्द मरासिनीले...

मुख्यमन्त्रीको दाबी कसैले पेश गरेको छैन- प्रदेश प्रमुख खनाल

सुर्खेत, ३ फागुन । ६ नं प्रदेशका प्रदेश प्रमुख दुर्गाकेशर खनालले मुख्यमन्त्री नियुक्तिका लागि अहिलेसम्म कुनै पनि संसदीय दलको नेताले दाबी पेश नगरेको बताउनुभएको छ । प्रदेश प्रमुख खनालले बहुमत सांसदहरुको समर्थन जुटाउन सक्ने दलको संसदीय दलको नेतालाई मुख्यमन्त्रीको नियुक्तिका लागि दाबी पेश गर्ने सूचना गरिए पनि अहिलेसम्म कोही...

ठेकेदारको लापरबाहीले पुलको पिलरसमेत बन्न सकेन

गाईघाट, उदयपुर, ३ फागुन । ठेकेदारको लापरबाहीका कारण गाईघाट–दिक्तेल सडकखण्डअन्तर्गत उदयपुरको फोक्सिङटार र खोटाङ जिल्लाको लिच्कीराम्चेबीच सुनकोशी नदीमा चार वर्षअघि निर्माण शुरु भएको सुनकोशी पुलको अहिलेसम्म सामान्य पिलरको जग पनि बन्न सकेको छैन । चार वर्षअघि गौरापार्वती कन्सट्रक्सन जेभी प्रालि निर्माण कम्पनीले टेण्डर प्राप्त गरेर निर्माण कार्य शुरु गरेको...

महानगरपालिकाले हटाउँदैछ स्पिड ब्रेकर

ललितपुर, ३ फागुन । सवारीसाधनको गति नियन्त्रणका लागि सडकमा बनाइएका ‘स्पिड ब्रेकर’का कारण सडक दुर्घटना बढेपछि ललितपुर महानगरपालिकाले सो हटाउने भएको छ । स्पिड ब्रेकरका कारण भित्री सडकमा दैनिक जसो सडकमा दुर्घटना हुने गरेको ट्राफिक प्रहरीले बताउँदै आएको छ । यसलाई हटाउनुप¥यो भन्दै धेरैजना नगरवासी कार्यालयमा आइरहेको महानगरपालिकाका प्रमुख...