दृष्टिविहीनका विद्यार्थीका लागि छात्रावास निर्माण

तु खबर संवाददाता
२०७४ फाल्गुन १२, शनिबार ११:२९

फलेवास, पर्वत, १२ फागुन । एक मात्र दृष्टिविहीन स्रोत कक्षा सञ्चालित विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि छात्रावास निर्माण गरिएको छ ।

सदरमुकाम कुश्माबजारस्थित शिवालय माविमा अध्ययनरत भई भाडामा बस्दै आएका दृष्टिविहीन विद्यार्थीको बसाइमा सहज होस् भन्ने उद्देश्यले करीब रु ७८ लाखको लागतमा प्लान नेपालले उक्त आवास शुक्रबार प्रतिनिधिसभाका नवनिर्वाचित सदस्य पदम गिरी र प्लान नेपालका उपराष्ट्रिय निर्देशक बरान वेकटले संयुक्त रुपमा विद्यालयलाई हस्तान्तरण गर्नुभयो ।

छात्रावासको क्षमता १४ रहेकामा २१ जना बस्दै आएका छन् । भान्साघरसहित छात्र र छात्राको बेग्लाबेग्लै सुत्ने व्यवस्था भवनमा गरिएको छ । सो अवसरमा सांसद गिरीले फरक क्षमता भएका बालबालिकालाई सहज रुपमा शिक्षाको पहुँच पु¥याउन सरकारले भौतिक संरचना र शिक्षामा ध्यान दिनुपर्नेमा जोड दिनुभयो । उपराष्ट्रिय निर्देशक वेकेटले सबै क्षमताका बालबालिकालाई शिक्षाको समान अवसर पु¥याउन र शिक्षाको विकास गराउन प्लान नेपालले बताउनुभयो । क्षमताभन्दा धेरै विद्यार्थी भएको हुँदा छात्रावास व्यवस्थापनमा कठिनाइ भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ईश्वर गिरीले बताउनुभयो । रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*