३ थान सालको गोलिया सहित १ जना पक्राउ

तु खबर संवाददाता
२०७४ फाल्गुन १२, शनिबार १८:३९

–अनिल प्रित
कोल्हवी, १२ फागुन । बारा प्रहरीले शनिबार दिउँसो २ बजेको समयमा बाराको करैयामाई गाउँपालिका वडा नं. ७ पर्ने बारा बजार नजिकैबाट ३ थान सालको गोलियासहित एक जनालाई पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यलय कोल्हवीका प्रहरी नायव निरिक्षक सुरेन्द्र चौधरीको कमाण्डमाखटिएको टोलीले ११.०६ क्युफिट, गोरु, गाडा र एक थान साईकल सहित बारगढि गाउँपालिका वढा नम्बर ४ पिपरा निवसी शिबनाथ साहलाई पक्राउ गरेको पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।

पक्राउ परेका साहलाई ईलाका प्रहरी कार्यालय कोल्हवीमा दाखिला गरि आवश्यक कानुनी कार्वाहीका लागि तामागढि वन सेक्टरमा दाखिला गरेको प्रहरी नायव निरिक्षक चौधरीले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*