नेविसंघको प्रवक्तामा जोशी नियुक्त

तु खबर संवाददाता
२०७४ फाल्गुन १४, सोमबार १५:१४

काठमाडौँ, १४ फागुन । नेपाल विद्यार्थी संघको प्रवक्तामा प्रेमराज जोशी नियुक्त हुनुभएको छ ।

नेविसंघका अध्यक्ष नैनसिंह महरले निर्वाचन भएको सत्र महिनापछि आइतबार नेविसंघका सहमहामन्त्रीसमेत रहनुभएका कैलालीका जोशीलाई प्रवक्ताको जिम्मेवारी दिनुभएको हो ।

अध्यक्ष महरले नेविसंघको गौरव, गरिमा, प्रतिष्ठा एवं परम्परालाई थप उचाइ प्रदान गर्न र प्राज्ञिक तथा सूचना प्रविधिको प्रयोग गरी संगठनलाई अझ थप योगदान पु¥याउनुहुने जिम्मेवारीपत्रमा उल्लेख गर्नुभएको छ । रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*