प्रदेश नम्बर ३ मा नेपालको संविधान बमोजिम २३ प्रदेश कानुन बन्ने

तु खबर संवाददाता
२०७४ फाल्गुन १४, सोमबार १४:४८
फाईल फोटो

हेटौँडा, १४ फागुन । प्रदेश नम्बर ३ को प्रदेशसभा नियमावली पारित भएसँगै प्रदेश नम्बर ३ मा नेपालको संविधान अनुसार बन्नु पर्ने २३ प्रदेश कानुन निर्माण हुने भएको छ । कानुनको अभावमा सरकार तथा सांसदले काम गर्न समस्या परेपछि प्रदेश नंबर ३ मा कानुनको निर्माण द्रुत गतिमा गर्न थालिएको हो ।

प्रदेश नम्बर ३ मा फाष्ट ट्रयाकको अवधारणामा तत्काल कानुन बन्ने बताइएको छ । कानुन निर्माणको विषयमा जानकारी दिँदै ३ नम्बर प्रदेशका आन्तरिक मामिला तथ कानुन मन्त्री शालिकराम जम्मरकट्टेलले प्रदेशसभाले डेढ महिना भित्र कानुन निर्माण गरिसक्ने तयारीका साथ आफुहरु लागेको जानकारी दिए ।
सरकारले सदनमा पेश गर्नको लागि तयार पारेको २३ वटा कानुन तथा नियमावली मध्ये आजैमात्र प्रदेशसभा नियमावली पारित भैसकेको छ । जम्मरकट्टेलले केहि कानुनहरु फास्ट ट्रायाकको माध्ययमाबाट पनि निर्माण गरिने जानकारी दिएका छन् ।

प्रदेश सरकारले मुख्य न्यायधिवक्ताको काम, कर्तब्य तथा अधिकारका सन्र्दभको कानुन, प्रदेश प्रमुख र प्रदेश सरकारको नाममा हुने निर्णय वा आदेश सम्बन्धी अधिकार पत्रको कानुन, प्रदेश सरकारको कार्य सञ्चालन र कार्यविभाजन नियमावली सहित निर्माणको लागि अबिलम्ब छलफल तिब्र पारिएको उनले जानकारी दिएका छन् । कानुन निर्माण भएसँगै प्रदेशमा विभिन्न कार्यका लागि बाटो खुल्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*