समाचार
५ नम्वर प्रदेश नमुना प्रदेश बन्छ : मुख्यमन्त्री पोखरेल
नवलपरासी १७ चैत । प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश नं ५ लाई नमूना प्रदेशका रुपमा विकास गरिँदै लगिने बताएका छन् । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाको दोस्रो नगरसभालाई आज सम्बोधन गर्ने क्रममा मुख्यमन्त्री पोखरेलले ५ नं प्रदेशको प्रवेशद्वारका रुपमा रहेको बर्दघाट नगरपालिकालाई नमूना हेर्न लायक नगरपालिका बनाउन...
ई–विडिङ सम्वन्धी कार्यशाला
मकवानपुर / नेपाल इन्जिनियरिङ एसोसियस मकवानपुर र निर्माण ब्यवसायी संघ मकवानपुरको संयुक्त आयोजनामा निर्माण ब्यवसायीहरुको लागि ई–विडिङ सम्वन्धी कार्यशाला गोष्टी सुरु भएको छ । पछिल्लो समयमा सरकारले ठेक्का प्रणालीलाई इन्टेरनेट मार्फत सञ्चालन गरेपछि निर्माण ब्यवसायीहरु अन्योलमा परेको भन्दै कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहेका...
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका दुई सचिवालय सदस्यले पार्टी परित्याग गरे
मकवानपुर । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका दुई सचिवालय सदस्यले पार्टी परित्यागको घोषणा गरेका छन् । हाल जिल्ला सचिवालय सदस्य रहेका रामशरण कार्की र शिवप्रसाद पौडेलले शनिबार संयुक्त विज्ञप्ति प्रकाशन गरी घरायसी समस्या, रोजगारी र जीविकोपार्जनका आवश्यकताले राजनीतिमा समय दिन नसकेको कारण जनाउँदै पार्टी परित्याग गरिएको जनाएका हुन् ।...
फोनिज मकवानपुरमा कृष्ण सारु मगरको नेतृत्व
मकवानपुर १७ चैत । नेपाल आदिवासी जनजाती पत्रकार महासंघ मकवानपुरको अध्यक्षमा कृष्णसारु मगर निर्विरोध चयन भएका छन् । आज मकवानपुरमा भएको चौथो अधिवेशनले मगरको नेतृत्वमा ११ सदस्यीय समिती चयन गरेको छ । साथै अधिवेशनले उपाध्यक्षमा अशोक सुजन क्षेष्ठ , सचिवमा नमराज वाईवा , कोषाध्यक्षमा सुभराज भोम्जन , र सहसचिवमा...
कानून निर्माणमा जुटेका छौँ : सभामुख श्रेष्ठ
मकवानपुर / तीन नम्बर प्रदेशका सभामुख सानुकुमार श्रेष्टले अहिले यस प्रदेशको संसद कानुन निर्माणमा जुटेको बताएका छन् । नेपाल आदीबासी जनजाति पत्रकार महासंघ मकवानपुरको चौथो जिल्ला अधिबेशनको हेटौंडामा उध्घाटन् गर्दै श्रेष्टले मुलुकलाई आर्थिक समृद्धि तर्फ लैजानका लागि पत्रकारले कलम चलाउनुपर्ने बताएका छन् । मुलुकलाई अगाढी बढाउनका लागि संचारकर्मीहरुले सकारात्मक...
मलाला कडा सैनिक सुरक्षाबीच गृह नगरमा
पाकिस्तान-महिला शिक्षाका लागि गरेको योगदानबापत नोबेल शान्ति पुरस्कार प्राप्त गर्न सफल पाकिस्तानी प्रसिद्ध अधिकारकर्मी मलाला युसुफजाई शनिबार पाँच बर्षपछि आफ्नो गृहनगर स्वेट उपत्यका पुग्नुभएको छ । महिला शिक्षाका लागि गरेको योगदानको कदर गर्दै उहाँलाई १७ बर्षको उमेरमै नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो । उहाँे सवैभन्दा कम उमेरमा नोबेल...
काठमाडौंमा भुकम्पको धक्का, सर्वसाधारण घरबाहिर
काठमाडौँ । गत २०७२ बैशाख १२ मा गोरखाको बारपाकलाई केन्द्रबिन्दु बनाएर शक्तिशाली भूकम्प गएको तीन वर्ष पुग्नै लाग्दा आज साँझ पुनः अर्को पराकम्प गएको छ । काभ्रेलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पले राजधानी काठमाडौंमा समेत धक्का महसुस गरिएपछि मानिसहरु बाहिर निस्केका थिए । भूकम्प मापन केन्द्रका प्रमुख लोकबिजय अधिकारीका अनुसार...
मुख्यमन्त्री र महान्यायाधिवक्ताज्यू कहिले छोड्ने क्याम्पसको अध्यक्ष र रेडक्रस
मकवानपुर । डोरमणि पौडेल प्रदेश नम्बर ३ को मुख्यमन्त्री भएको आज ४९ दिन भयो । मुख्यमन्त्री नै भइसकेपछि उनको राजनीतिक र प्रशासनिक हैशियत पनि निकै महत्वपूर्ण हुने नै भयो । नभ्याएर हुन् वा कसैले यस तर्फ सल्लाह नदिएर हो, उनै प्रदेश नम्बर ३ का मुख्यमन्त्री पौडेल हेटौंडा उपमहानगरपालिकाभित्र रहेको...
प्रदेश नम्वर १ मा पुस्तक अभाव भए मन्त्रीले कारबाही गर्ने
मोरङ १७ चैत । पुस्तकको अभाव हुन नदिनका लागि १ नम्बर प्रदेशको सामाजिक विकास मन्त्रालयले निजी क्षेत्रका प्रकाशन गृहमा पुगेर पुस्तकको अवस्थाको बारेमा जानकारी लिएको छ । सामाजिक विकास मन्त्री जीवन घिमिरेले हरेक वर्ष जस्तो पुस्तक अभावको समस्या आउन नदिन मन्त्रालयस्तरबाट पहल शुरु भएको जानकारी दिए। “गत वर्षको जस्तो...
चलचित्र पत्रकार संघ मकवानपुरले बिशेष च्यारेटी सो गर्ने
मकवानपुर १७ चैत । चलचित्र ‘भोर’लाई चलचित्र पत्रकार संघ मकवानपुरले बिशेष च्यारेटी शो गर्ने भएको छ । सय बर्ष पुरानो सति प्रथाको ऐतिहासिक कथामा आधारित चलचित्र ‘झोला’ बनाएर चौतर्फी तारिफ र प्रशंसा बटुलेको त्यही समुहले दोस्रो प्रस्तुतीका रुपमा भोर निर्माण गरेको हो । यादवकुमार भट्टराई निर्देशितचलचित्रलाई संघले चैत्र २९...









