समाचार
बँदेलको आक्रमणबाट वन अधिकृत गम्भीर
कञ्चनपुर । बँदेलको आक्रमणमा परी जिल्ला वन कार्यालय कञ्चनपुरका सहायक वन अधिकृत ४२ वर्षीय जिवछ यादव गम्भीर घाइते भएका छन् । सिद्धनाथ सामुदायिक वन, ब्रह्मदेवको उत्तरतर्फको वनमा डढेलो नियन्त्रण गर्न गएका अधिकृत यादवलाई रुखको टोड्कामा लुकेर बसेको बँदेलले दौडेर एक्कासि आक्रमण गरेको जिल्ला वन कार्यालय कञ्चनपुरका सहायक वन अधिकृत...
एक जनाको बेहोस अवस्थामा मृत्यू, एक जना मृत फेला
काठमाडौँ, १८ चैत । मुलुकका दुई फरक स्थानमा एक व्यक्तिको बेहोस अवस्थामै ज्यान गएको छ भने एक मृत अवस्थामा फेला परेका छन् । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–९ स्थित सुकुटे विज रिसोर्टमा पिकनिकको लागि कलाउड फ्याक्ट्री काठमाडौँबाट आएका गोर्खा भिमसेन गाउँपालिका–२ घर भई काठमाडौँ नयाँ बजार बस्ने २६ बर्षीय प्रदिप...
२३ देशका कुटनीतिज्ञ देश निकाला
काठमाडौं, १८ चैत । अमेरिका र युरोपका देशहरुले रुसका कूटनीतिज्ञलाई देश निकाला गरेसँगै उसले पनि एकै पटक २३ देशका कूटनीतिज्ञलाई देश निकाला गरेको छ । रुसको विदेश मन्त्रालयले अमेरिका र यूरोपका विभिन्न २३ देशका कूटनीतिज्ञलाई आफ्नो देश छोड्न भनेको छ । रुसी राष्ट्रपति भ्लादमिर पुटिनले ‘जस्तालाई त्यस्तै’ जवाफ दिनु...
सवारी दुर्घटनामा ३ जनाको मृत्यू
काठमाडौँ, १८ चैत । मुलुकका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा ३ जनाको ज्यान गएको छ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१ स्थित राजमार्गमा युपी ६४एच ४९७९ नम्वरको ट्रकले पैदल यात्री गुल्मी मुसीकोट नगरपालिका–५ बस्ने २५ बर्षीय गणेश खरेललाई शनिबार ठक्कर दिदाँ घटनास्थलमै मुत्यु भएको छ । फरार चालकको प्रहरीले खोजतलास गरिरहेको...
मकवानपुरमा सवारीको ठक्करबाट २ जनाको ज्यान गयो
मकवानपुर, १८ चैत । मकवानपुरको दुई छुट्टाछुट्टै स्थानमा सवारीले ठक्कर दिँदा दुई जनाको ज्यान गएको छ । शनिबार हेटौँडा उपमहानगरपालिका–११ सरस्वती चोकमा ना.३ ख १८९ नम्बरको ट्रकले ना.४५ प ७६७६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ । ट्रकको ठक्करबाट हेटौँडा उपमहानगरपालिका–१ चौकीटोल बस्ने मोटरसाइकल चालक २२...
सुनसहित भारतीय नागरिक पक्राउ
मोरङ, १८ चैत । श्रीएयरलाईन्सको उडानद्धारा काठमाडौँ जान लागेका भारत कलकत्ता घर भएका ४० बर्षीय नारायण सामन्तोलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई मोति मालाको दाना आकारको ३ सय ९४ थान र पातलो सानो पाता १ थानको सुन सहित पक्राउ गरेको हो । बिराटनगर बिमानस्थलमा खटिएको प्रहरीले शनिबार उनलाई...
लागुऔषधसहित ५ जना पक्राउ
काठमाडौँ, १८ चैत । मुलुकका विभिन्न स्थानहरुबाट लागुऔषध सहित ५ जना पक्राउ परेका छन् । कास्कीको पोखरा लेखनाथ महानगरपालिका–२८ सौर्य घर भई वडा न–२७ तालचोक स्थित तालचोक फ्रेसहाउस संचालन गरी बस्ने ३९ बर्षीया सुकमाया गुरुङ ,सोही महानगरपालिका–१६ बाटुलेचौर बस्ने २९ बर्षीय दिपेश परियार र २१ बर्षीय सुवास परियारलाई प्रहरीले...
टावर बिग्रिएपछि एक हप्तादेखि टेलिफोन सेवा अवरुद्ध
बाजुरा, १८ चैत । नेपाल टेलिकमको टावर ब्रिगीएपछि बाजुराको उत्तरी भेगमा एक सातादेखि टेलिफोन सेवा अवरुद्ध बनेको छ । बाजुराको उत्तरी भेगमा रहेका चार स्थानीय तहका साबिकका ११ गाविसका लागि निर्माण गरिएको टावर बिग्रिएपछि सेवाग्राही मार्कामा परेका हुन् । नमस्ते र स्काईका लागि निर्माण गरिएको उक्त टावरमा एक सातादेखि...
युवाकै सक्रियतामा सडक निर्माण हुँदै
मकवानपुर, १८ चैत । पछिल्ला समय स्थानीय तह बनेसँगै मकवानपुरका विभिन्न स्थानहरुमा जनप्रतिनिधि र स्थानीय युवाहरुको सक्रियतामा भौतिक विकासका पूर्वाधारहरु अन्तर्गत सडक निर्माणले तिब्रता पाएको छ । मकवानपुरका विभिन्न गाउँपालिका र नगरका विभिन्न वडाहरुमा समेत युवाहरुले विकासमा चासो देखाएका छन् । युवाकै सक्रियतामा यतिखेर हेटौँडा उपमहानगरपालिका वडा नम्बर १५...
सात बुृँदे घोषणापत्र जारी गर्दै विश्व नेवाः सम्मेलन सम्पन्न
काठमाडौँ – शुक्रबार शुरु भएको विश्व नेवाः सम्मेलन सात बुँदै घोषणापत्र जारी गर्दै शनिबार सम्पन्न भयो । सम्मेलनले हरेक वर्ष मार्च महिनाको अन्तिम शनिबार विश्वभर हलिं नेवाः दिँ विश्व नेवाः दिवस मनाउने परम्परालाई अगाडि बढाउने निर्णय गरेको छ । नेवाः साहित्य, कला, संस्कृति र पत्रकारिताको श्रीवृद्धिका लागि हलिं नेवाः...









