आगलागीमा परि एक दर्जन घर जल्यो, एक वृद्धाको जलेर मृत्यू

तु खबर संवाददाता
२०७४ चैत्र २५, आईतवार १५:१९

काठमाडौं, २५ चैत । मुलुकका विभिन्न स्थानमा भएको आगलागीमा परि एक वृद्धाको ज्यान जानुका साथै एक दर्जनभन्दा बढी घर जलेर नष्ट भएको छ । साथै आगलागीमा ६ करोड १९ लाखभन्दा बढी धन जलेर नष्ट भएको छ ।

सिराहाको भगवानपुर गाउँपालिका–५ स्थित आशाराम खत्वेको परालको टौवामा शनिबार बिद्युत सर्ट भई आगलागी हुँदा करीब ४ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको छ ।

उदयपुरको उदयपुरगढी गाउँपालिका–६ स्थित नेपालटार बजार बस्ने नारायण तामाङको घरमा गएराति आगलागी भई उक्त आगो फैलिएर तामाङ समेतको गरि १२ वटा घर जलेर करीब ६ करोड रुपैयाँ बराबरको धनमाल क्षति भएको छ । साथै उक्त आगलागीमा परि नारायण तामाङको आमा ७० बर्षीया बाठिमाया तामाङको समेत जलेर मृत्यु भएको थियो ।

रौतहटको परोहा नगरपालिका–२ बस्ने हरिहर साह कानुको फुसको घरमा आइतबार आगलागी हुँदा बिभिन्न सरसामानहरु जलेर करीब २ लाख २६ हजार रुपैयाँ बराबरको धनमाल क्षति भएको छ ।

पर्साको पोखरिया नगरपालिका–४ पोखरीया बस्ने ईद्रिस मिया समेत २ जनाको घरमा शनिबार आगलागी हुँदा करीब ७ लाख रुपैयाँ बराबरको धनमाल जलेर क्षति भएको छ । स्थानिय बासिन्दा तथा दमकलको सहयोगमा प्रहरीले आगलागी नियन्त्रणमा लिनुको साथै आवश्यक अनुसन्धान गरिरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*