समाचार

मेलम्ची खानेपानी आयोजनामा मुख्यमन्त्री पौडेलको टोली

काठमाडौँ, १८ चैत्र । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलको टोलीले निकै नै चर्चा भए पनि लामो समयदेखि पुरा नभएको मेलम्ची खानेपानी आयोजनाको आज अनुगमन गरेका छन् । काठमाण्डौँको खानेपानी समस्यालाई कम गर्नको लागि निकै महत्वपूर्ण योजनाको रुपमा रहेको मेलम्ची खानेपानी आयोजनाको विषयमा चासो देखाउँदै मुख्यमन्त्री पौडेलले आयोजनाको...

अटेरी कर्मचारीमाथि मुख्यमन्त्री पौडेलको आक्रोश–‘संघीयतामाथि ठाडो चुनौति दिँदै फेल गर्ने षड्यन्त्र’

काठमाडौँ, १८ चैत । कार्य क्षेत्र तोकिसक्दा पनि अटेर गरेर जता सजिलो त्यतै बस्ने कर्मचारीहरुमागिथ प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणी पौडेलले आक्रोश पोखेका छन् । मेलम्ची खानेपानी आयोजना विकास निर्माण उपभोक्ता समिति सुन्दरीजलको सामुदायिक भवनको शिल्यानास गर्दै मुख्यमन्त्री पौडेलले कर्मचारीहरुले संघियतालाई आत्मासाथ गर्नै नसकेको बताए । कर्मचारीतन्त्रको जालो...

कृषिको आधुनिकीकरणका लागि भूमि बैंक स्थापना गर्नुपर्नेः कृषिमन्त्री खनाल

कपिलवस्तु -खेतीयोग्य जमिनको बढीभन्दा बढी उपयोग गरी कृषि क्षेत्रको आधुनिकीकरणका लागि भूमि बैंक स्थापना गर्नुपर्नेमा कृषि भूमि व्यवस्थापन तथा सहकारीमन्त्री चक्रपाणि खनालले जोड दिनुभएको छ । प्रेस सेन्टर नेपाल र प्रेस चौतारी नेपालका जिल्ला शाखाले संयुक्तरुपमा आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा उहाँले कृषि उत्पादनमा वृद्धि ल्याउन भूमि नीति...

प्रधानमन्त्री अाेलीकाे सपना साकार हुँदै, १५ महिनामै पाइपलाइनबाट इन्धन भित्रने

काठमाडाैं / भारतको मोतिहारीदेखि अमलेखगन्जसम्म निर्माण गर्न लागिएको पेट्रोलियम पाइपलाइनबाट अबको १५ महिनाभित्र पेट्रोलियम पदार्थ आपूर्ति गरिने भएको छ । बहुप्रतिक्षित आयोजनाका रुपमा रहेको भारतबाट पाइपलाइनका माध्यमबाट नेपालमा पेट्रोलियम पदार्थ आपूर्ति गर्न निर्माणाधीन मोतिहारी–अमलेअगन्ज पेट्रोलियम पाइपलाइनको निर्माण कार्य पूरा भएसँगै पेट्रोलियम पदार्थ आपूर्ति हुने बताइएको छ । ७० किलोमिटर...

खुमबहादुर खड्काबारे जेपी गुप्ताकाे सनसनिपूर्ण खुलासा !

जे.पी गुप्ता / नियतिले कात्तिक १५, ०५९ मा खुमबहादुर खड्का र मलाई थुनाको एउटै कोठामा पुर्‍यायो । पूर्व गृहमन्त्री खड्कालाई पनि अख्तियारले थुनामा राख्ने निर्णय गरेका कारण हामीसँगै थुनिएका छौं । थुनाको हाम्रो यो सहयात्रा आजदेखि प्रारम्भ भएको छ। यहाँ खुमबहादुरजी र म लगभग १५×१२ फिटको एउटा कोठा (जसलाई...

मरेपछि पनि करोडौँ कमाउनेहरुको कथा

एजेन्सी, १८ चैत । शिर्षक सुन्नेबित्तिकै अचम्म मान्नुपर्ने दिन अब गइसकेको छ । किन कि यो विश्वका केही देशमा सम्भव भइसकेको कुरा हो, जसलाई प्रविधिले सहज बनाई दिएको छ । मरेपछि मान्छेको सबैकुरा सकिन्छ । खाली हात आएको हुन्छौ खाली हात जानुपर्छ । जे जति भोग गर्ने हो, त्यो...

आर्मी र सुदुरपश्चिम ११ का खेलाडीबिच मैदानभित्रै कुटाकुट, मेयरमाथि नै जाईलागे खेलाडी

-राजु लो तामाङ सर्लाही, १८ चैत । सर्लाहीको बागमतीमा जारी दोस्रो राजर्षि जनक गोल्ड कप अन्तर्गत शनिबार भएको फाइनल खेलमा खेलाडीबिच मैदान भित्रै कुटाकुट भएपछि त्रिभुवन आर्मी र सुदुरपश्चिम ११ बिचको फाईनल खेल स्थगित भएको छ । फाईनल खेलको पहिलो हाफ सुरु भएको ३ मिनेटमा सुदुरपश्चिम ११ का खेलाडी...

आगलागीमा १९ लाखको क्षति

काठमाडौँ, १८ चैत । मुलुकका दुई स्थानमा भएको आगलागीमा परि १९ लाख भन्दा बढीको क्षति भएको छ । भक्तपुरको भक्तपुर नगरपालिका–१० पाईप लाईन बस्ने जयराम भैनाटोले टहरो बनाई सञ्चालन गरेको फर्निचरमा शनिबार कोही नभएकोमा अवस्थामा आगलागी हुदाँ फर्निचर भित्र रहेको काठपात, मेशिन, तयारी फर्निचर, जेनेटर, नगद २५ हजार रुपैयाँ,...

बालुवाले पुरिएको अवस्थामा ईलेक्ट्रीक केप बरामद, पड्कीएपछि २ बालक घाईते

तनहुँ, १८ चैत । तनुहँको आबुखैरेनी गाउँपालिका–६ स्थित सेती नदीको किनारामा बालुवाले पुरि राखेको तारमा माला जसरी रहेको १५ थान पुरानो ईलेक्ट्रीक केप प्रहरीले बरामद गरेको छ । सोही ठाउँ स्थित प्युघर बस्ने अक्कल बहादुर गुरुङको १५ बर्षीय छोरा लाल बहादुर गुरुङ र कृष्ण बहादुर गुरुङको ११ बर्षीय छोरा...

इलामको माईजोगमाई गाउँपालिका डेढ महिनादेखि अन्धकार

इलाम । इलामको माईजोगमाई गाउँपालिकाको आधा क्षेत्र डेढ महिनादेखि अन्धकार बनेको छ । गाडिएका काठका पोल सडक निर्माणका क्रममा ढलेपछि गाउँपालिकाको २, ४, ५ र ६ का करिब २५० घरधुरी अँध्यारोमा बस्न बाध्य भएका हुन् । स्थानीयले विद्युत् अवरोध भएको डेढ महिना बितिसक्दासमेत मर्मत नगरिएको गुनासो गरेका छन् ।...