पोर्चुगलमा मृत्युसँग लडिरहेका यी दम्पतीः श्रीमानलाई पक्षाघात– श्रीमतीको मिर्गौला फेल

तु खबर संवाददाता
२०७४ चैत्र २५, आईतवार २१:३६
kf]r'{undf g]kfnL bDktL /f]un] ylnP kIff3ft eO{ b]a|]tkm{sf] k"/} x/ grNg] ePkl5 ljut cf7 jif{b]lv kf]r'{un a:b} cfPsf eQmk'/, ;"o{ljgfos gu/kflnsf–( l;kf8f]nsf $* jifL{o rGb|lszf]/ k/fh'nL / b'j} lduf{}nf lau|]kl5 pgsL >LdtL $^ jifL{of zld{nf zfSo b'O{ dlxgfb]lv cf]5Øfgd} . t:jL/ M e/t k|wfg, ln:ag-kf]r'{un_, /f;;

–भरत प्रधान

लिस्बन । वैदेशिक रोजगारीका सिलसिलामा पोर्चुगल आएको एक नेपाली दम्पती ठूला रोगले समातेपछि बिचल्लीमा परेका छन् ।

आठ वर्षदेखि पोर्चुगल बस्दै आएका भक्तपुर, सूर्यविनायक नगरपालिका–९, सिपाडोलका ४८ वर्षीय चन्द्रकिशोर पराजुली र उनकी श्रीमती ४६ वर्षीया शर्मिला शाक्य रोगले ग्रसित छन् । चन्द्रकिशोर एक्कासि पक्षाघात भई देब्रेतर्फको पूरै हर नचल्ने भएपछि दुई महिनादेखि ओछ्यानमै थलिएका छन् । उनकी श्रीमती शर्मिलाको दुवै मिर्गौला बिग्रेपछि दुई महिनादेखि ओछ्यानमै छिन् ।

गत माघ २६ गते बिहान उठ्न खोज्दा देब्रेतर्फको शरीरको एक हर नचल्ने, मुखबाट ¥याल मात्र बग्ने र बोल्नसमेत नसक्ने भएपछि श्रीमतीले उपचारका लागि तत्काल अस्पताल पु¥याएकी थिइन् । उच्च रक्तचापका कारण पक्षाघात भएका चन्द्रकिशोरलाई १० दिनको उपचारपछि घर फर्काइएको भए पनि ओछ्यानमै थलिनुपरेको छ । चिकित्सकको सल्लाहअनुसार चन्द्रकिशोरले दैनिक व्यायाम गर्नुपर्ने र नियमित औषधि सेवन गर्नुपर्ने भएको छ । उपचारपछि बोल्न सक्ने भए पनि उठ्न, बस्न र चल्नसक्ने स्थिति भने छैन ।

यता श्रीमानको औषधोपचार, रेखदेख र स्याहार गरिरहेकी शर्मिलाको श्रीमानलाई अस्पतालबाट ल्याएको केही दिनमै एक्कासि खुट्टा सुनियो । स्वयं ओछ्यानमै थला परेका चन्द्रकिशोरले श्रीमतीको उपचारका लागि अस्पताल पु¥याए । सामान्य खुट्टा सुन्निएकी शर्मिलाको उपचार गर्न अस्पताल लैजाँदा दुवै मिर्गौला बिग्रिएको चिकित्सकले बताए ।

शर्मिलाले भनिन्, “दुवै मिर्गौला फेल भइसकेको कुरा सुन्दा बूढाबूढी नै रोइकराइ ग¥यौँ तर हाम्रो रोइकराइ सुनिदिने कसले ? दुवै जना थलिएपछि हाम्रा दिन रोएर नै बित्ने गरेका छन्”, गहभरी आँशु निकाल्दै शर्मिलाले आफ्नो पीडासँग सुनाइन्, “हामी त बेसहारा भयौं, सहारा दिने कोही छैन । जीवन र मृत्युको दोसाँधमा छौं हजुर । प्रदेशको बसाइ, त्यसमाथि श्रीमान् श्रीमती दुवै जना ओछ्यानमा थलिनुपर्दा हाम्रो त बिजोक नै भएको छ ।” कागजपत्र मिलाएर दुई वर्ष अगाडि मात्र पोर्चुगल आएकी शर्मिलाले छ महिनादेखि सानोतिनो कामसमेत गर्दै आएकी थिइन् ।

अहिले शर्मिलाको दुवै मिर्गौलाको डायलासिस भइरहेको छ भने चन्द्रकिशोरको उपचार भइरहेको छ । चन्द्रकिशोर दम्पती ओछ्यानमै थला परे पनि पानीसम्म दिने मान्छे साथमा छैनन् । बिरामीको रेखदेख र स्याहार त कता हो कता, बिहान बेलुकीको खानाको जोहोसम्म गरिदिने कोही छैनन् । पराजुली दम्पती राजधानी लिस्बनस्थित आरोइसको एउटा घरको सानो कोठा भाडामा लिएर बस्दै आएको छ ।

दुई छुट्टाछुट्टै ओछ्यानमा थलिएका दम्पतीको दैनिकी एकार्कालाई टुलुटुलु हेरेर बित्ने गरेको छ । आफूहरु दुवै थला परेपछि औषधोपचार र दैनिक छाक टार्न समेत धौधौ भएको चन्द्रकिशोरले बताए । मृत्युसँग लडिरहेको चन्द्रकिशोर दम्पतीले सहयोगका लागि याचना गरेको छ । युरोप आउँदा लिएको ऋण चुक्ता गरी धनसम्पत्ति जोड्ने सुनौलो सपना बुनेको दम्पत्तीका एक छोरा छन् ।

बिरामी भई थला परेपछि काममा जान सकिएन, पैसा आउने बाटो छैन, घरभाडा, बिजुली पानी, बिहान बेलुकीको छाक टार्न समेत समस्या भएको उनले सुनाए । “खाना पकाइदिने मान्छे छैन, पानी दिने कोही छैन”, रासससँगको कुराकानीका क्रममा भक्कानिँदै चन्द्रकिशोरले भने, शौचालय जान पनि सक्दिन, दुवै जना थलिएका छौंं, यस्तो वज्रपात त कसैलाई पनि नपरोस् ।”

“के गर्नू हजुर हाम्रो त रोएर नै दिन बित्ने गरेका छन्, न उपचार गर्न पैसा छ, न त छाक टार्न नै” चन्द्रकिशोर दम्पतीले बिलौना गर्दै भन्यो, “लौ न हजुर हाम्रो समस्याका विषयमा समाचार लेखिदिनुप¥यो । विश्वभर रहेका नेपाली दाजुभाइको सानो सानो सहयोग पाइयो भने पनि बाँच्न सकिन्छ कि भन्ने आशा छ ।” मिर्गौला प्रत्यारोपणका लागि सहयोग जुटाउन सकियो भने श्रीमतीलाई बचाउन सकिन्छ भन्ने आशा व्यक्त गर्दै चन्द्रकिशोरले भने । श्रीमान्श्रीमती दुवै थलिएपछि औषधोपचारका लागि सहयोग संकलन अभियान शुरु गरिएको चितवन समाज पोर्चुगलका अध्यक्ष तुलसीराम थपलियाले जानकारी दिए ।

चन्द्रकिशोर दम्पतीको जीवनरक्षाका लागि विश्वभर रहेका सबै नेपालीलाई आर्थिक सहयोगका लागि आह्वान गरिएको थपलियाले बताए । उनीहरुको औषधोपचार र सहयोगका लागि आफूहरु संस्थागत रुपमा लागिपरेको गैरआवासीय नेपाली संघ पोर्चुगलका अध्यक्ष कुबेर कार्कीले बताए । यहाँको सरकारीस्तरबाट पाउनसक्ने सेवा सुविधा र औषधि उपचारका लागि पनि पहल भइरहेको उनले बताए । -रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*