कपडामा आईरन लगाउँदा करेन्ट लागेर मृत्यू
सप्तरी, २५ चैत । आफ्नै घरमा कपडामा आईरन लगाउने क्रममा करेन्ट लागेर सप्तरीमा एक महिलाको ज्यान गएको छ ।
सप्तरीको डाक्नेश्वरी नगरपालिका–९ बस्ने अजय साहको श्रीमती २५ बर्षीया अमेरिका साहको शनिबार मृत्यु भएको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
