८ थान सुनको बालासहित पक्राउ

तु खबर संवाददाता
२०७४ चैत्र २५, आईतवार १४:५७
File Photo

काठमाडौं, २५ चैत । धनुषा भंगाहा–८ बस्ने २३ बर्षीय प्रदिप ठाकुरलाई ८ थान सुनको बाला अंदाजी ३ सय ९९ ग्राम सहित शनिबार प्रहरीले पक्राउ गरेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन पार्किङ एरियामा विदेशबाट आगमन भएका विभिन्न यात्रुसँग उक्त सुनको बाला लिईरहेको अवस्थामा प्रदिपलाई प्रहरीले फेला पारी नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*