प्रधानमन्त्री ओली आज स्वदेश फकर्ने
मकवानपुर २५ चैत । प्रधानमन्त्री केपी शर्मा आली ३ दिने भारत भ्रमण सकेर आज आईतवार साझँ स्वदेश फर्कने भएका छन् । प्रधानमन्त्रीको सचिवालयको जानकारी अनुसार ओली साझँ ७ बजे नेपाल आउने भएका हुन् ।
स्वदेश फकर्नु अघि ओलीलाई भारतको पन्तनगरस्थित कृषी विश्वविध्यालयको दिक्षान्त समारोहमा विभुषित गर्ने कार्यक्रम समेत रहेको सचिवालयले जानकारी दिएको छ ।
ओली गत शुक्रवार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निम्तोलाई स्वीकार गर्दै ५४ सदस्यीय टोलीसंगै भारत भ्रमणमा गएका थिए । उनी आज नेपाल फर्कदैं छन् ।
