मुख्यमन्त्री र महान्यायाधिवक्ताज्यू कहिले छोड्ने क्याम्पसको अध्यक्ष र रेडक्रस

तु खबर संवाददाता
२०७४ चैत्र १७, शनिबार १९:००
file photo

मकवानपुर । डोरमणि पौडेल प्रदेश नम्बर ३ को मुख्यमन्त्री भएको आज ४९ दिन भयो । मुख्यमन्त्री नै भइसकेपछि उनको राजनीतिक र प्रशासनिक हैशियत पनि निकै महत्वपूर्ण हुने नै भयो । नभ्याएर हुन् वा कसैले यस तर्फ सल्लाह नदिएर हो, उनै प्रदेश नम्बर ३ का मुख्यमन्त्री पौडेल हेटौंडा उपमहानगरपालिकाभित्र रहेको स्मारक विकास समितिका अध्यक्ष छन् । मुख्यमन्त्री हुनुभन्दा अघि नै उनी समितिको अध्यक्ष रहेको भएपनि अब मुख्यमन्त्री भइसकेपछि उनले स्मारक विकास समितिको अध्यक्षबाट राजीनामा दिनुपर्ने हो ।

त्यसैगरी, प्रदेश नम्बर ३ कै महान्यायाधिवक्ता सूर्यचन्द्र न्यौपाने पनि रेडक्रस मकवानपुरको अध्यक्ष तथा केन्द्रीय सदस्य हुन् । उनी पनि महान्यायाधीवक्ता हुनुभन्दा पहिले नै निकै वर्षअघिदेखि रेडक्रसको नेतृत्व गरिरहेका थिए । तर, मुख्यमन्त्री पौडेल र महान्यायाधीवक्ता न्यौपानेले बिभिन्न समितिहरु जहाँ रहेपनि राजीनामा दिनुपर्ने हो ।
मुख्यमन्त्री र महान्यायाधीवक्ताहरु अब क्याम्पस वा यस्तै बिभिन्न समितिको पदाधिकारी रहनु उचित हुन्छ कि हुन्न भनी हामीले अधिवक्ता मदन दाहालाई सोधेका थियौँ । दाहालका अनुसार, संवैधानिक पदमा रहेकाहरु यस्ता समितिमा नरहनु राम्रो हुन्छ । यो नैतिकताको कुरा हो, उनले भने ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*