प्रदेश नम्वर १ मा पुस्तक अभाव भए मन्त्रीले कारबाही गर्ने

तु खबर संवाददाता
२०७४ चैत्र १७, शनिबार १८:४३

मोरङ १७ चैत । पुस्तकको अभाव हुन नदिनका लागि १ नम्बर प्रदेशको सामाजिक विकास मन्त्रालयले निजी क्षेत्रका प्रकाशन गृहमा पुगेर पुस्तकको अवस्थाको बारेमा जानकारी लिएको छ ।

सामाजिक विकास मन्त्री जीवन घिमिरेले हरेक वर्ष जस्तो पुस्तक अभावको समस्या आउन नदिन मन्त्रालयस्तरबाट पहल शुरु भएको जानकारी दिए। “गत वर्षको जस्तो समस्या आउने अवस्था छैन, उनले भने, यदी निजी क्षेत्रका मुद्रण व्यवसायीले अभाव गराउने उद्देश्य राख्छन् भने उनीहरुको लाइसेन्सको विषयमा सोच्नुपर्छ ।”

मन्त्री घिमिरेले निजी तथा जनक शिक्षा सामग्री केन्द्र सबैले पुस्तकको अभाव हुन नदिने भन्दै प्रतिबद्धता जनाएकाले यदी कसैले पुस्तक हुँदाहुँदै पनि पुस्तक छैन भन्छ भने कारबाहीको दायरामा ल्याउने चेतावनी दिएका छन् ।

यता जनक शिक्षा सामाग्री केन्द्रले १ नम्बर प्रदेशका पहाडी जिल्लामा ९५ प्रतिशत पुस्तक पु¥याइसकेको दाबी गरेको छ । केन्द्रका प्रमुख ज्ञाननाथ चिमरियाले यो वर्ष १ नम्बर प्रदेशमा पाठ्यपुस्तक अभाव नहुने जानकारी दिए । उनले यो वर्ष पाठ्यपुस्तक अभाव हुन नदिनका लागि जनक शिक्षा सामग्री केन्द्रले आफ्नो कामलाई तिब्र पारेको बताए । बैशाख ७ गतेसम्ममा सबै विद्यालयमा पुस्तक पु¥याउने गरी काम भइरहेको चिमरियाले जानकारी दिए ।

प्रदेश नम्बर १ का जिल्लामा २५ लाख ६८ हजार पुस्तक आवस्यक रहेकोमा २१ लाख ६ हजार ८६२ पुस्तक आइसकेको र अधिकांश पुस्तक वितरण भइरहेको चिमरियाको भनाई छ ।

मागको आधारमा जनक शिक्षा सामग्री केन्द्रमार्फत डिलरहरुमा जानुपर्ने पुस्तकमा अब ४ लाख ६१ हजार ५८८ पुस्तक आवश्यक रहेको छ । कक्षा १ देखि ५ सम्मका जिम्मेवारी पाएको निजी मुद्रण कम्पनीहरुले १४ वटै जिल्लामा पुस्तक पुगिसकेको जनाएको छ । फ्ल्यास रिपोर्टका आधारमा सबै पुस्तक नजाने भएकोले ४० प्रतिशत मात्र पुस्तक विद्यालयले लग्ने अन्य पुस्तक नजाने गरेको नेपाल मुद्रण ब्यवसायी संघले जनाएको छ ।

संघका मोरङ अध्यक्ष लभकुमार घिमिरेले एकलाख २७ हजार ८ सय पुस्तक फ्ल्यास रिपोर्टमा माग भएकोमा ११ हजार ७ सय १० सेट पुस्तक मात्र बिक्री भएको जानकारी दिए । उनका अनुसार, “अहिलेसम्मको अवस्थालाई हेर्दा फ्लास रिपोर्टको आधारमा कुनै पनि विद्यालयले शतप्रतिशत पुस्तक लग्दैनन् ।”

मागको आधारमा करिब ४० प्रतिशत मात्र पुस्तक सम्बन्धित विद्यालयमा पुग्ने गरेका छन् । अहिले पुस्तक छपाईको काम निजी प्रकाशन गृहले अधिकांश सिध्याएको जानकारी दिएको छ । पर्याप्त पुस्तक छपाई भएकोले पुस्तक अभाव हुनै नसक्ने घिमिरेको दाबी छ ।
रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*