समाचार

आगलागीमा २० लाखभन्दा बढीको क्षति

काठमाडौँ, २३ चैत । सर्लाही र सिराहामा गरि करिब २० लाख ६० हजार बराबरको धनमाल जलेको छ । सर्लाहीको कबिलासी नगरपालिका–६ मदनपुर स्थित कस्मेटिक तथा स्टेशनरी पसल गरी बस्ने बिरेन्द्र रायको पसलमा शुक्रबार बिहान आगलागी हुदाँ नगद १० हजार रुपैयाँ, रेडिमेड कपडा, किताब, कस्मेटिक सामान जलेर करीब १० लाख...

चट्याङ लागेर युवकको मृत्यू

मोरङ, २३ चैत । मोरङको ग्रामथान गाउँपालिका–५ गिधनिया बस्ने २२ बर्षीय पुरुषोत्तम माझी थारुको चट्याङ लागेर मृत्यु भएको छ । बिहीबार आप्mनै घरमा बसीरहेको अवस्थामा चट्याङ लागेर घाइते भएका उनको नोवेल अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।

कोठामा कोही नभएको मौका पारी लाखौँको धनमाल चोरी

काठमाडौँ, २३ चैत । मुलुकका विभिन्न स्थानहरुबाट गरि करिब ६ लाख २० हजारभन्दा बढीको धनमाल चोरी भएको छ । काठमाडौँ महानगरपालिका–७ चावहिल बुलबुले डेरा गरी बस्ने खोटाङ घर भएकी सुषमा गुरुङको कोठाबाट बिहीबार कोही नभएको अबस्थामा कोठाको ताल्चा फुटाई सुनका बिभिन्न गरगहना र नगद ५० हजार रुपैयाँ सहित करीव...

२ वृद्ध मृत अवस्थामा फेला

काठमाडौँ, २३ चैत । काठमाडौँ महानगरपालिका–६ बौद्ध डेरा गरी बस्ने सोलुखुम्बु दुधकोशी गाउँपालिका–१ घर भएकी ८४ बर्षीया पसी शेर्पा बिहीबार आफ्नै कोठामा मृत अवस्थामा फेला परेकी छिन् । यसैगरी काठमाडौँ महानगरपालिका–५ हाडीगाउँ बस्ने ६५ बर्षीय शंकर थापा बिहीबार चारनारायण मन्दिरमा मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले...

सवारी दुर्घटनामा ३ जनाको मृत्यू, ३ घाईते

काठमाडौँ, २३ चैत । मुलुकका भिन्न–भिन्न स्थानमा भएको सवारी दुर्घटनामा ३ जनाको ज्यान जानुका साथै ३ जना घाईते भएका छन् । रुपन्देहीको देवदह नगरपालिका–१ रेरा स्थित भित्री सडक खण्डमा लु.१३ प १६५१ नम्बर र लु.३३ प ४००९ नम्बरको मोटरसाइकल बिहीबार एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाईकलमा सवार एक जनाको...

अवैध ड्रोन क्यामेरा र मोबाईल नियन्त्रण

धादिङ, २३ चैत । काठमाडौँबाट भारततर्फ जाँदै गरेको एचआर ५५ एन १९१० नम्बरको कन्टेनरबाट प्रहरीले शुक्रबार बिहान बेनिघाट रोराङ गाउँपालिका–९ मझिमटार स्थित पृथ्वी राजमार्गबाट अबैध रुपमा लगिरहेको ड्रोन क्यामेरा, मोवाइल तथा चुरोट लगायतका ८४ कार्टुन सामानहरु बरामद गरेको छ । फरार कन्टेनर चालकको प्रहरीले खोजतलास गर्नुको साथै यस सम्बन्धमा...

चाँदी सहित युवक पक्राउ

रौतहट, २३ चैत । गौर नगरपालिका–३ बस्ने ३५ बर्षीय प्रदिप कुमारलाई प्रहरीले १ के.जी. २७ ग्राम चाँदी सहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय गौरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको उनी सवार बिआर ३० एम ८७१९ नम्बरको मोटरसाइकललाई बिहीबार सोही नगरपालिका–१ भंसार सुरक्षा गार्डकोे कार्यालय नजिक...

लागू औषध चरेश सहित भारतीय नागरिक पक्राउ

धादिङ, २३ चैत । काठमाडौँबाट बिरगंजतर्फ जाँदै गरेको एचआर ५५ एक्स २५४९ नम्बरको कन्टेनरबाट प्रहरीले लागूऔषध चरेश जस्तो देखिने ११५ किलो सहित भारतीय नागरिकलाई पक्राउ परेको छ । प्रहरीले चालक भारत उत्तर प्रदेश मैनपुरी बस्ने २४ बर्षीय शशी कान्त कुशवाहलाई पक्राउ गरेको हो । गजुरी गाउँपालिका–१ गलौदी स्थित पृथ्वी...

जुवा तास खेल्ने ९ जना पक्राउ

काठमाडौँ, २३ चैत । गोकर्णेश्वर नगरपालिका–८ आरुबारी स्थित गंगा लामाको घरमा जुवातास खेलिरहेका सोही नगरपालिका–९ बस्ने ६१ बर्षीय सोनाम लामा सहित ९ जनालाई प्रहरीले बिहीबार पक्राउ गरेको छ । उनीहरुलाई नगद ७७ हजार ३ सय रुपैयाँ र ९ बुक तास सहित पक्राउ गरिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक...

भरुवा बन्दुक सहित पक्राउ

महोत्तरी, २३ चैत । महोत्तरीको बर्दिबास नगरपालिका–५ टुटेश्वर बस्ने ३० बर्षीय पेम्बा लामालाई प्रहरीले बिहीबार पक्राउ गरेको छ । उनलाई सोही ठाउँको जंगलबाट लोड भएको भरुवा बन्दुक १ नालमा लाग्ने बारुद्ध २ सय ग्राम र ८ थान फलामका टुक्रा सहित पक्राउ गरिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान...