माटोको ढिस्कोले पुरिएर १ को मृत्यू, २ घाईते

तु खबर संवाददाता
२०७५ बैशाख ४, मंगलवार १८:०७
File Photo

बर्दिया, ४ बैशाख । मधुबन नगरपालिका-५ बस्ने २५ बर्षीया गणेश शाहीको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको छ भने २१ बर्षीया सुरजा शाही र २६ बर्षीया सुस्मिता बिक घाइते भएकी छिन् ।

सोही ठाउँ स्थित डाँडे सामुदायिक बनमा घर लिप्ने माटो खन्ने क्रममा मंगलबार ढिस्कोले पुरिएर गणेशको घटनास्थलमै मृत्यु भएको थियो । घाइतेहरुलाई उपचारको लागि जिल्ला अस्पताल गुलरियामा पठाइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*