देउवाले प्रदेश नम्बर ३ का मुख्यमन्त्रीलाई भने– राजधानी हेटौडाबाट नसार्नुहोस्
हेटौँडा / नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रदेशको राजधानी हेटौंडाबाट अन्यत्र नसार्न ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई आग्रह गरेका छन् । उनले सबै किसिमले हेटौंडा उपयुक्त रहेकाले सरकारले मुकाम हेटौंडालाई नै तोकेको स्मरण गराउँदै देउवाले यहाँबाट प्रदेश राजधानी अन्यत्र नसार्न भनेको स्रोतले बताएको छ ।
नेपाली काँग्रेस भातृ संगठन नेपाल तरुण दल ३ नम्बर प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रमको सन्दर्भमा सभापति देउवा हेटौंडा आएका हुन् ।
यसबैची, जिल्ला समन्वय समितिका सभापति रघुनाथ खुलाल, प्रतिनिधिसभा सदस्य विरोध खतिवडालगायतले पनि प्रदेश राजधानी हेटौंडाबाट अन्यन्त्र नलैजान प्रतिपक्ष दलको हैसियतमा भूमिका निर्वाह गरिदिन देउवालाई आग्रह गरेका थिए ।
तत्कालिन उपप्रधानमन्त्री कमल थापा, नेपाली काँग्रेसकी नेतृ डिना उपाध्याय र काँग्रेस मकवानपुर सभापति इन्द्र बानियाँले हेटौंडालाई ३ नम्बर प्रदेश राजधानी बनाउन विशेष भूमिका निर्वाह गरेका हेटौंडालाई ३ नम्बर प्रदेश राजधानी बनाउन विशेष भूमिका निर्वाह गरेका थिए ।
