भलिबलमा हटिया स्पोर्टस् र युग प्रकाश विजयी, हुप्रचौर र सान्नानटारको हार

तु खबर संवाददाता
२०७५ बैशाख ४, मंगलवार १८:५६
फाईल फोटो

मकवानपुर, ४ बैशाख । मकवानपुरको हेटौँडामा आजबाट सुरु भएको १७ औँ स्वर्गीय लक्ष्मीमाया बज्राचार्य स्मृति जिल्ला स्तरीय खुल्ला रनिङ शिल्ड भलिबल प्रतियोगिताको उद्घाटन खेलमा हटिया स्पोर्टस् र युग प्रकाश भलिबल क्लब विजयी भएका छन् ।

प्रतियोगिताको पहिलो दिन आज हुप्रचौरमा भएको पहिलो खेलमा सान्नानटार र युग प्रकाश क्लवबिच भएको खेल युग प्रकाश क्लवले २५–१७ र २५–२० को सोझो सेटले जितेको हो ।

त्यस्तै दोश्रो खेलमा हटिया स्पोर्टसले २५–१२, २३–२५ र १५–१३ को सेटमा हुप्रचौर टिमलाई पराजित गरेको हो । बसामाडी जेसिजको आयोजना तथा स्वर्ण भण्डारको प्रायोजनमा सुरु भएको प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ । प्रतियोगिता वैशाख ७ गतेसम्म चल्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*