समाचार

प्रधानमन्त्री ओली भारत प्रस्थान, यस्तो छ कार्यतालिका

काठमाडौं, २३ चैत । प्रधानमन्त्री केपी शर्मा ओली आज बिहान ९ बजे भारत प्रस्थान गरेका छन् । उनी तीनदिने राजकीय भ्रमणका लागि ५४ सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै भारत प्रस्थान गरेका हुन् । भ्रमण दलमा प्रधानमन्त्री ओलीका साथमा धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद...

दाइजोको निहुँमा श्रीमतीलाई आगो लगाई मार्ने प्रयास

वीरगञ्ज । दाइजोको निहुँमा एक १८ वर्षीया युवतीको जिउमा आगो लगाई ससुराली पक्षले मार्ने प्रयास गरेको खुलेको छ । । पर्साको छिपहरमाई गाँउपालिका–४ तुलसिवर्वाकी रविना खातुनलाई उनकै श्रीमान साविर मियाँ धोबी र सासूससुराले जिउमा आगो लगाई मार्ने प्रयास गरेका हुन् । रविनासँग रहेको सुनको गहना लिई घरबाट निकाल्न खोज्दा...

यस्ता पो वडाध्यक्ष

ओखलढुंगा २२ चैत । निर्वाचित जनप्रतिनिधिहरुले सरकारी बजेटको दुरुपयोग गर्दै विलासीताको सामान किनेको , अनावश्यक रुपमा खर्च गरेको त हामिले सुन्दै आएका छौं, तर ओखलढुंगाका एक जनप्रतिनिधिले आफ्नो लागि मोटरसाईकल खरीद नगरी उक्त रकम बाटो निर्माणमा खर्च गरेका छन् । चम्पादेवी गाँउपालिका वडा नम्वर ७ का अध्यक्ष सुरेस थापाले...

सामाजिक सुरक्षा भत्ताका लागि पाँच अर्ब अपुग

काठमाडौँ । चालु आर्थिक वर्षमा सामाजिक सुरक्षा भत्ताका लागि विनियोजित रकममा झण्डै रु पाँच अर्ब अपुग भएको छ । केन्द्रीय पञ्जीकरण विभागले चालु आवमा रु ३९ अर्ब रकम वितरण गर्नुपर्ने अनुमान गरे पनि रु ३६ अर्ब मात्र विनियोजन गरेकाले रकम अपुग भएको हो । “अपुग रकमका लागि अर्थ मन्त्रालयलाई...

प्रधानमन्त्रीको भ्रमण टोलीमा महानायक : के भन्छन् राजेश हमाल ?

रमेश लम्साल काठमाडौँ । प्रधानमन्त्रीको शुक्रबारदेखि हुन लागेको भारतको राजकीय भ्रमणमा पहिलो पटकचलचित्र क्षेत्रसमेत सहभागी गराइएको छ । नेपाली चलचित्र उद्योग र भारतीय चलचित्र उद्योगबीच मैत्री सम्बन्ध स्थापना गरी एक अर्काको अनुभव आदानप्रदान गर्न प्रधानमन्त्रीको प्रतिनिधिमण्डलमा कलाकर्मीलाई समावेश गरिएको हो । प्रधानमन्त्री ओली ५४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शुक्रबार...

प्रेस स्वतन्त्रता कुण्ठित गर्न नपाइने

कपिलवस्तु । नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले सिंहदरवारको अधिकार गाउँमा आएको भन्दै स्थानीय तहले प्रेस स्वतन्त्रताको अधिकारलाई कुण्ठित गर्न नपाउने बताउनुभएको छ । प्रेस काउन्सिल नेपालको आयोजनामा आज गोरुसिंगेमा आयोजित प्रदेश नं. ५ स्तरीय स्थानीय संचारका समस्या चुनौती र समाधान विषयक छलफल कार्यक्रममा अध्यक्ष आचार्यले संविधान प्रदत्त प्रेस...

प्रधानमन्त्रीको भारत भ्रमण : विश्वास गुमाउन एउटै गल्ती काफी हुन्छ

काठमाण्डौं २२ चैत । हालसम्मको नेपाल–भारतको सम्बन्ध समान राष्ट्रको हैसियतमा हुने गरेको देखिँदैन । शासक वर्गको निजी स्वार्थसिद्धि वा सत्ताको आयु लम्ब्याउने उद्देश्यबाट प्रेरित हुने गरेको छ । राष्ट्रिय हितको रक्षा नै परराष्ट सम्बन्धको मूल आधार बन्नुपर्नेमा त्यसो हुन सकेको छैन । गहिरिएर हेर्ने हो भने नेपाल भारतको सम्बन्ध...

जागीर लगाई दिने र विदेश पठाउँछु भन्दै ठगी गर्ने गिरोह पक्राउ

काठमाडौँ, २२ चैत । विभिन्न व्यक्तिहरुलाई सुरक्षा निकायमा जागिर लगाई दिने र विभिन्न देशमा पठाई दिन्छु भनी ठगी गर्ने ४ जनालाई प्रहरीले मंगलबार पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा लम्जुङ घर भई काठमाडौँ तारकेश्वर नगरपालिका–११ बस्ने २८ बर्षीय मोहन दुरा, लम्जुङ घर भई काठमाडौँ मनमंैजु बस्ने ४७ बर्षीय पशुपति...

आगलागीबाट ३० लाखभन्दा बढी क्षति

काठमाडौँ, २२ चैत । मुलुकका विभिन्न स्थानमा भएको आगलागीमा ३० लाख भन्दा बढीको क्षति भएको छ । सप्तरीको सप्तकोशी नगरपालिका–१ बस्ने पर्शुराम खड्काको घरको दोस्रो तल्लामा रहेको घुम्ती कपडा पसलमा बिद्युत सर्ट भई बुधबार आगलागी हुदाँ पसल भित्र रहेको कपडा पूर्ण रुपमा जलेर करीव ७ लाख ५० हजार रुपैयाँ...

चट्याङ लागेर २ जनाको मृत्यू

खोटाङ, २२ चैत । खोटाङको रुपाकोट मझुवागडी नगरपालिका–२ बस्ने ६२ बर्षीय सम्मर बहादुर दाहालको घरमा बुधबार चट्याङ पर्दा बेहोस भएका दाहालको जिल्ला अस्पताल खोटाङमा उपचारको क्रममा मृत्यु भएको छ । यसैगरी सकिला गाउँपालिका–२ रतन्छा बस्ने ६४ बर्षीय प्रेम बहादुर खत्रीको घरमा बुधबार चट्याङ पर्दा खत्रीकी श्रीमती ५५ बर्षीया बालकुमारी...