समाचार
वर्षाले घर भत्कदा ४ जना घाइते
भक्तपुर, २२ चैत । सूर्यविनायक नगरपालिका–१० चित्तपोल खुलाल गाउँ बस्ने बिदुर थापाको ईटा माटोले बनेको जस्ताले छाएको दुईतले कच्ची घर अविरल बर्षाका कारण बुधबार भत्कदा ४ जना घाईते भएका छन् । घर भत्कँदा ५० बर्षीया पशुपती थापा, २१ बर्षीया सरदा थापा, १८ बर्षीय उमेश थापा, २१ बर्षीय रोसन थापा...
३ बालबालिकाको डुबेर मृत्यू
काठमाडौँ, २२ चैत । मुलुकका छुट्टाछुट्टै स्थानमा ३ बालबालिकाहरुको डुबेर मृत्यू भएको छ । मोरङको कटहरी गाउँपालिका–२ स्थित एसिसि ईटा भट्टामा काम गर्ने मजदुर भारत घर भएका फैदुल मियाको १ बर्षीय छोरा अलमान मिया बुधबार ईटा भट्टाको पानीको खाल्डोमा डुबेर मृत्यू भएको छ । खाल्डोमा डुबेर घाइते भएका उनलाई...
रुखले किचेर एक जनाको मृत्यु
संखुवासभा, २२ चैत । संखुवासभाको मकालु गाउँपालिका–४ कारमाराङ बस्ने ४० बर्षीय शेर बहादुर राईको बुधबार घर नजिकै रहेको बारीमा रुख ढाल्ने क्रममा रुखले किचेर मृत्यु भएको छ ।
वाईसिएल मकवानपुरले गर्यो सम्मान
मकवानपुर, २२ चैत । योङ कम्युनिस्ट लिग (वाईसिएल) मकवानपुरले प्रदेश नम्बर ३ का प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामीसहित विभिन्न व्यक्तित्वहरुलाई सम्मान गर्नुका साथै बैठक प्रशिक्षण कायक्रम सम्पन्न गरेको छ । आज हेटौँडामा एक कार्यक्रमकाबिच प्रदेशसभा सांसद पुलामीसहित वाईसिएल केन्द्रिय सचिव प्रकाश पाण्डे र ३ नम्बर प्रदेश संयोजक राजन गौतमलगायतलाई सम्मान...
सवारी दुर्घटनामा ३ जनाको मृत्यू
काठमाडौँ, २२ चैत । मुलुकका विभिन्न स्थानहरुमा भएको सवारी दुर्घटनामा ३ जनाको मृत्यू भएको छ । सुनसरीको दुहवी नगरपालिका–३ स्थित भित्री सडकमा सोही नगरपालिका–२ बस्ने ५५ बर्षीय बुद्ध कार्की सिटि रिक्साबाट बुधबार लडेर गम्भीर घाइते भएकोले उपचारको लागि कोशी अञ्चल अस्पताल बिराटनगर लगिएकोमा उपचारको क्रममा मृत्यु भएको छ ।...
‘हेटौँडा नै प्रदेशको स्थायी राजधानी बनाउनुपर्छ’–कमल थापा
हेटौँडा, २२ चैत । पूर्व उपप्रधानमन्त्री तथा राप्रपाका केन्द्रीय अध्यक्ष कमल थापाले मकवानपुरको हेटौँडालाई प्रदेश नंबर ३ को स्थायी राजधानी बनाउनको आग्रह गरेका छन् । राप्रपा हेटौँडा नगर कमिटिले आज हेटौँडामा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा बोल्दै थापाले प्रदेश नंबर ३ को स्थायी राजधानीको लागि हेटौँडा सबैभन्दा उपयुक्त भएको...
चर्चित नायक सलमान खान कालो हरिण केसमा ५ वर्ष जेल चलान
एजेन्सी, २२ चैत । २० वर्ष पुरानो कालो हरिण शिकार मुद्दामा सलमान खान दोषी ठहरिएका छन् । जोधपुरको सीजेएम कोर्टले सलमानलाई दोषी ठहर गर्दै ५ वर्षको जेल सजाय सुनाएको छ । सन् १९९८ जोधपुरमा सिनेमा ‘हम साथ साथ हे’को छायाँकनको क्रममा सिनेमाका स्टारकास्टविरुद्द कालो हरिण शिकारको केस दर्ता गरिएको...
लेडि जेसिजको कविता प्रतियोगितामा पुडासैनी प्रथम
मकवानपुर, २२ चैत । हेटौँडा लेडि जेसिजको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत आज भएको खुल्ला कविता प्रतियोगितामा शुष्मा पुडासैनी प्रथम भएकी छिन् । साहित्य संगम मकवानपुरको सभाहलमा आयोजना भएको कविता वाचन कार्यक्रममा ११ जना प्रतिश्पर्धीहरुले कविता वाचन गरेका थिए । प्रतियोगितामा अनिसा पुडासैनी दोस्रो र सुदिन पौडेल तेस्रो भएका थिए ।...
हाँडीखोलामा मनोसामाजिक तथा मानसिक स्वास्थ्य सहयोग कार्यक्रम
मकवानपुर, २२ चैत । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ३ मा मनोसामाजिक तथा मानसिक स्वास्थ्य सहयोग कार्यक्रम सम्पन्न भएको छ । मनहरी गाउँपालिका वडा नम्बर ३ मा अवस्थित धनेश्वरी महादेव जागृति बचत तथा ऋण सहकारी संस्थाको आयोजना तथा महिला तथा बालबालिका कार्यालय मकवानपुर र यातना पिडीत सरोकार केन्द्र नेपाल...
हेटौँडाका युवकको सवारी दुर्घटनामा परि रौतहटमा मृत्यू
रौतहट, २२ चैत । मकवानपुरका एक युवकको सवारी दुर्घटनामा परि रौतहट जिल्लामा ज्यान गएको छ । सवारी दुर्घटनामा हेटाँैडा उपमहानगरपालिका–८ बस्ने ३८ बर्षीय सूर्य बहादुर थोकरको उपचारको क्रममा मृत्यु भएको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ । रौतहटको चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व पश्चिम राजमार्गमा ना.६ ख ३४६५ नम्बरको ईट्टा...










