पौडी खेल्ने क्रममा ४ जना बेपत्ता
काठमाडौं, २ बैशाख । नेपालका विभिन्न स्थानमा पौडी खेल्ने क्रममा ४ जना बेपत्ता भएका छन् । पाल्पाको बगनासकाली गाउँपालिका–८ स्थित कालिगण्डकी नदीमा पौडी खेल्ने क्रममा शनिबार रिप्दीकोट गाउँपालिका–३ हार्थोक बस्ने १८ बर्षीय संगम कार्की र सोही स्थान बस्ने १८ बर्षीय आयुस खनाल नदीमा डुबेर बेपत्ता भएका छन् ।
कपिलवस्तुको बाणगंगा नगरपालिका–९ भर्लाबासस्थित बाध खोलामा पौडी खेल्ने क्रममा सोही नगरपालिका–७ बाणगंगा बस्ने १९ वर्षीय राजन भुसाल खोलामा डुबेर शनिबार बेपत्ता भएका छन् ।
गोरखाको भिमसेन गाउँपालिका–४ गुर्लुङखोलाको दोभानस्थित बुढीगण्डकी नदीमा पौडी खेल्ने क्रममा ताप्लेजुङ साम्दुङ बस्ने ३६ बर्षीय बिशाल लिम्बु नदीमा डुबेर शनिबार बेपत्ता भएका छन् । बेपत्ता भएकाहरुको प्रहरी र स्थानियबासीको सहयोगमा खोजी भइरहेको छ ।
