५ जना मृत अवस्थामा फेला
काठमाडौं, २ बैशाख । मुलुकका विभिन्न स्थानहरुमा ५ जना मृत अवस्था भेटिएका छन् । काठमाडौंको चन्द्रागिरी नगरपालिका–१४ नैकाप क्षेत्रमा लेवर काम गरी हिड्ने नुवाकोट धुन्चेश्वर गाउँपालिका–१ का ५१ वर्षीय लोकमान थिङ नैकाप झोलेटोलस्थित पेटीमा आइतबार मृत अबस्थामा फेला परेका छन् ।
यसैगरी काठमाडौं महानगरपालिका–२६ मित्रनगरस्थित रश्मी बुढाथोकीको रोयल बुटवल गेष्ट हाउसको कोठा नम्बर १०४ मा बुढानिलकण्ठ नगरपालिका–९ चपलीहाईट बस्ने ४५ बर्षीय बलबहादुर कुवँर आइतबार मृत अबस्थामा फेला परेका छन् । यसैगरी कीर्तिपुर नगरपालिका–६ चोभारस्थित हिमाल सिमेन्ट फ्याक्ट्री नजिक काठमाडौं शंखमुल बस्ने काभ्रेपलाञ्चोक पोखरीचौरीका ४४ बर्षीय पदमप्रसाद चौलागाई शनिबार मृत अबस्थामा फेला परेका छन् ।
नवलपरासीको कावासोती नगरपालिका–१० चिलाहा बस्ने ३१ वर्षीय सन्तोष अधिकारी उनकै घरको कोठामा सुतीरहेको अवस्थामा आइतबार मृत फेला परेका छन् । रुपन्देहीको सैनामैना नगरपालिका–८ बासगडीस्थित छविलाल साउदको घरको बरन्डामा सोही घरमा ३ दिन देखि बस्दै आएका कपडा बेच्दै हिड्ने हाल नाम, थर, वतन नखुलेका करीव ३५ बर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् । घटनाका सम्बन्धमा स्थानिय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
